Comments Add Comment

Uncategorized

List Grid
बादलका छोरा प्रतीक निर्मला प्रकरणमा पक्राउ परेका हुन् ? बास्तबिकता यस्तो

पूरा समाचारको लागि तलको लिंक क्लिक गरि हेर्नुस् ।

पुजा गर्दा झुक्किएर पनि नगर्नुस यी गल्ती हुनेछ अनिष्ट

पुजाका आ-आफ्नै बिधि हुन्छन् ।पुजा गर्दा यी गल्ती कहिल्यै नगर्नुस भनी हाम्रो धर्मशास्त्रमा उल्लेख छ।हेर्नुस तलको भिडियो र सिक्नुस पुजा गर्ने तरिका।

संस्कृत किताब जलाएर अहिले फेरि प्रचण्ड पहेलो बस्त्र लगाएर हिंड्छन् :मेयर कोइराला

सुन्दरबजार नगरपालिका वडा नम्बर ०७ मा रहेको राम जानकी मन्दिर योग केन्द्रमा नवौं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा योग कार्यक्रम संचालन गरिएको छ।

`मानवताका लागि योग´ भन्ने नाराका साथ सुन्दरबजार नगरपालिका आयुर्वेद शाखाले उक्त कार्यक्रम संचालन गरेको थियो।
यसैबीच सुन्दरबजार नगरपालिकाका मेयर तथा उक्त योग कार्यक्रमको अध्यक्षता ग्रहण गर्नुभएका कृष्णप्रसाद कोइरालाले ध्यान र योगलाई दैनिक अभ्यासकै रुपमा जोड्नुपर्ने बताउनुभएको थियो।यसका साथै हाम्रा हिन्दु धर्मशास्त्र भित्र योग र ध्यानको अथाह सागर रहेकाले यसलाई दैनिक जीवनमा उतार्नुपर्ने बताउनुभएको थियो।उहाँले भन्नुभयो ,`हाम्रो धर्मशास्त्र भित्र ध्यान योग र संस्कृतको विराट रुप छ।हिजो प्रचण्डहरुले क्रान्ति भन्दै संस्कृत …

डरलाग्दो सपना किन देखिन्छ?

हेर्नुस् भिडियो:

हामी सपना देख्छौं, हाम्रा रहर पूरा गर्न। निदाएको बेला सपना देख्नु सामान्य हो। केही सपनाले मनलाई आनन्द दिन्छ, केही सपनाले डर उत्पन्न गर्छ। कथा, दृश्य र तस्वीर, जुन हाम्रो मस्तिष्कमा हामी निदाएको बेला उत्पन्न हुन्छ, त्यसलाई हामी सपना भन्छौं। सपना रमाइलो, डरलाग्दो, रोचक र अनौठो हुनसक्छ।

वैज्ञानिक र साइकोलोजिस्टहरुले यसबारे विभिन्न अनुसन्धान गरेका छन्। उनीहरुका दृष्टिमा सपना मानिसको दैनिक जविनमा देखिएका बाहिर दृश्यहरुमा कल्पनाको प्रतिबिम्व हो, मानिसले सपना पनि त्यसकै आधारमा देख्ने गर्दछ। सपनाको सम्बन्ध मानिसको सोच्ने तरीका, बाहिरी वातावरण र कल्पनाको संयोग पनि हो।

सपना किन देखिन्छ, के कारणले सपना …

राणाशासन,लैगिंक र जातीय छुवाछूत विरुद्ध आगो ओकल्ने त्यो `हलो क्रान्ति ´

क्रान्ति शव्द आफैंमा गर्भिलो शब्द हो।क्रान्तिका आ-आफनै लय छन् ।कतिपय क्रान्ति रक्तपात युद्ध हुन पुग्छ भने कतिपय क्रान्ति रक्तपात बिनाका हुने गर्छन् ।आज भन्दा भोलिको समाज परिवर्तन होस् भन्ने रहर क्रान्तिमा अबश्य हुन्छ यसका साथसाथै त्यसबखतको बस्तुस्थिति , ब्यक्ति र समाजको चेतना स्तर समेत क्रान्तिमा प्रस्फुटित हुने गर्छ।
यस्तै क्रान्ति मध्यको एक क्रान्ति हो `हलो क्रान्ति ´।एक जमना यस्तो थियो जहाँ बाहुनले हलो जोत्नु हुँदैन भन्ने सोचाइ रहेको थियो।यहि सोचाइलाई तत्कालीन राणाशासनले नै आफ्नो कानुन मानेको थियो।अहिले सामान्य लाग्ने भएतापनि यस घटनालाई इतिहासको आँखा बाट हेर्न सक्यौ भने यो सामान्य …

टोपबहादुर निकटहरुको प्रचण्डसंग हारगुहार,बादल पनि तानिदै

मानव तस्करीकै दर्जा दिइएको भुटानी शरणार्थी काण्डले नेपाली राजनीति तातिएको छ।हाइ प्रोफाइल मान्दै आएका केही नेताहरूनै पक्राउ पुर्जीमा परेपछि यो घटना सामान्य नरहेको बताइएको छ।
यससंगै अझै कति हाइप्रोफाइल तानिने हुन् भन्ने बारे जानकारी छैन । पक्राउ पुर्जी जारी गरेपछि टोपबहादुर रायमाझी भने मोबाईल नै स्विच अफ गरेर फरार छन् ।दोषी नै नभएको भए उनी फरार हुनुपर्ने अबस्था आउने थिएन भन्ने कुरा उनकै व्यबहारले समेत पुष्टि गरेको छ।

यता टोपबहादुर रायमाझी निकट मानिएका केही नेताहरू भने माओवादी केन्द्रका दोस्रो तहका नेताहरूसंग जसरी भएपनि जोगाउन पर्ने भन्दै संवादमा जुटेका छन् ।एक माओवादी केन्द्रका …

एमालेमा अझै हाइप्रोफाइल तानिने सम्भावना, झस्किए ओलि

काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपप्रधानमन्त्री भइसकेको बहालवाला सांसदलाई प्रहरीले बाटोबाटै समातेर हत्कडी लगाउन खोजेको भन्दै सो घटना रहस्यमय रहेको आरोप लगाएका छन् । उनले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने सन्दर्भमा प्रहरीले नियन्त्रणमा लिन खोजिरहेका एमाले सचिव टोपबहादुर रायमाझीका सन्दर्भमा पटक–पटक सांसद, मन्त्री र उपप्रधानमन्त्री भइसकेको बहालवाला सांसदलाई बाटोबाटै हत्कडी लगाउनु आवश्यक नरहेको बताए ।
‘एउटा बहालवाला सांसद, पटक पटक मन्त्री, उपप्रधानमन्त्री भइसकेको मान्छेलाई बाटोबाटै हत्कडी लगाउनुपर्दैन, ऊ भागेर कतै जाँदैन, त्यसकारण यो निकै रहस्यमय छ,’ उनले भने ।
बिहीबार सिंहदरबार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाललाई त्यस घटनाबारे ध्यानाकर्षण …

बर्षाको वैवाहिक जीवनमा खटपट,किन भयो यस्तो?

काठमाडौं । अभिनेत्री वर्षा राउतको निजी जीवनमा कुनै समस्या आएको हो ? उनले हिजो इन्स्टाग्राममा लेखेका शब्दहरुले यस्तै केही संकेत गर्छ ।

वर्षाले इन्स्टा स्टोरीमा एकैपटक चारवटा पोस्ट गरेकी थिइन् । पहिलो पोस्टमा उनले लेखेकी छन्, ‘म ती मानिसहरुको वरिपरि रहँदा थाकिसकें, जसले इमानदारिता र वफादारिताको अवधारणा बुझ्दैनन् ।’
दोस्रो पोस्टमा उनले कालो ब्याकग्राउन्ड प्रयोग गरेकी छन् । त्यसमा लेखेकी छन्, ‘अब समाजभन्दा आफ्नो मानसिक शान्ति रोज्दैछु । सम्झौता धेरै भयो ।’
तेस्रो पोस्टमा पनि कालो ब्याकग्राउन्डमाथि वर्षा लेख्छिन्, ‘यो सम्झौता भन्ने शब्द छोरी मान्छेलाई मात्र लागू हुन्छ हो ?’

वर्षाका यी भावुक पोस्टहरुले …

नेपालले यूएईलाई दियो २ सय ४९ रनको लक्ष्य

फागुन २८, २०७९ आइतबार
विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले यूएईलाई २ सय ४९ रनको लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ४९ ओभर २ बलमा २ सय ४८ रन बनाउँदा अलआउट भयो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ७७ रन बनाए । यस्तै आरिफ शेखले ४३, गुलसन झाले ३७ र दीपेन्द्रसिंह ऐरीले ३४ रन बनाए । बलिङतर्फ यूएईका आयन अफजल खान, जहूर खान, रोहन मुस्तफा र जवार फरिदले २र२ विकेट लिए ।
नेपाल, यूएई र पपुवा न्युगिनी ९पीएनजी० सम्मिलित …