Comments Add Comment

स्वास्थ्य-जीवनशैली

List Grid
नमुना सामुदायिक अस्पताल HDCS ले सम्पन्न गर्‍यो बिपद ब्यबस्थापन सम्बन्धि चित्रकला प्रतियोगिता ।

नमुना समुदाय पुर्वतयारी परियोजना अन्तर्गत HDCS नमुना सामुदायिक अस्पतालले बिपद ब्यबस्थापन तथा जलबायु परिवर्तन सम्बन्धि बिधालय स्तरीय जनचेतना मुलक चित्रकला प्रतियोगिता कार्यक्रम भब्यताको साथ सम्पन्न गरेको छ।सुन्दरबजार नगरपालिका भित्रकै बिधालय स्तरीय कार्यक्रममा १५ बिद्यार्थीहरु सहभागी रहेका थिए।
सुन्दरबजार नगरपालिका युवा तथा खेलकुद शाखाको समन्वय र लाइन्स क्लब अफ लमजुङ टुगेत्दर वुइ क्यान,सयपतृ आवसिय मा.वि तथा सुन्दरबजार युवा क्लबको सहकार्य र नमुना सामुदायिक HDCS को आयोजनामा उक्त कार्यक्रम चलेको थियो।
यश कार्यक्रममा मा.वि स्तरीय चित्रकला प्रतियोगिता(९-१२) मा
प्रथम :साधना खनिया(आदर्श बाल मा.वि),दित्तिय:सन्ध्या बिक(बिधा ज्योति मा.वि),तृतीय :युनिक लौडरी (आदर्श बाल …

भानु ११ स्वास्थ्य शिविर सफलतापुर्वक सप्पन्न:एघार सय जनाले लिए सेवा

भानु नगरपालिका वडा नम्बर ११ वडाकार्यलयको समन्वय र विशेष पहलमा त्रिभुवन माविमा संचालन भएको ३ दिने आखासम्बन्धी चेकजाँच तथा उपचार र महिला सम्बन्धी रोगको निशुल्क शिविर सफलताको साथ सम्पन्न भएको छ। https://youtu.be/UhEIdGWhhnw?si=Pdjcr10QGjxgSWIu
मंसिर १४,१५ र १६ गते आखा सम्बन्धी निशुल्क शिविर र मंसिर १६ गते महिला सम्बन्धी विभिन्न रोगको चेकजाच तथा उपचार भएको थियो।मेट्रो आइ कियर र मित्रता समाजकोको पनि यस शिविरमा सहयोग रहेको थियो। उक्त शिविर भुवन क्याम्पसको रजतजयन्तिको पावन अबसरमा यो सिबिर सन्चालन गरिएको थियो।

आखा सम्बन्धी सेवा ९२५ जनाले लिएको र ८२ …

डा .गुणराज लोहनी र वडा नं.११ को पहलमा भानु ११ मा एक दिने स्वास्थ शिविर सम्पन्न

भानु नगरपालिका वडा नं. ११ स्थित रुपाकोट स्वास्थ्यचौकीमा १ दिने निशुल्क स्वास्थ शिविर संचालन भएको छ।स्वास्थ विभागका पुर्व डाइरेक्टर डा. गुणराज लोहनिको विशेष पहल र वडा नं.११ वडा कार्यलयको समन्वयमा स्वास्थ्य शिविर संचालन भएको हो ।
प्रेसर,सुगर,दम,मुटु रोग लगायतका बिरामी बढि मात्रामा देखिएको स्वास्थ विभागका पूर्व डाइरेक्टर डा. गुणराज लोहनीले वताउनु भएको छ।उहाँ अाफैले नागरिकको स्वास्थ जाँचमा खटिनुभएको छ।
यसका साथै बर्षायामको वेला गाउँमै यस्तो सुबिधा पाएकोमा स्थानीयहरुले खुसी ब्यक्त गरेका छन्। अाज दिनभर उक्त शिविरमा करिब १५० जनाले सेवा लिएका थिए ।यसैगरी स्वास्थ चौकी …

सुन्दरबजार रामजानकी मन्दिरमा चलिरहेछ नियमित योग

सुन्दरबजार नगरपालिका वडा न.०७ मेनबजार स्थित रामजानकी मन्दिर आफैंमा एउटा पर्यटन तथा धार्मिक महत्त्व बोकेको पवित्र स्थल हो।जहाँ विभिन्न समयमा धार्मिक तथा आध्यात्मिक जागरण सम्बन्धी विविध कार्यक्रम संचालन हुँदै आइरहेका छन् ।यस रामजानकी मन्दिरको सभाहलमा करिव बिगत एकबर्ष देखि निरन्तर रुपमा योग तथा साधना सम्बन्धी योगिक अभ्यास संचालन भैरहेको छ

।योग आफैंमा मानव मस्तिष्क मन र शरीर बीच सहि रुपमा जोड्ने प्रक्रिया हो जसको ब्यख्या हाम्रो धर्मशास्त्र देखि तपस्वीहरुले गरेका छन् ।करिव दैनिक रुपमा ३० देखि ३५ जना योग साधकहरुले निरन्तर योगिक अभ्यास गर्दै आइरहेका छन्।तसर्थ रामजानकी मन्दिरलाई धार्मिक र आध्यात्मिक …

सुन्दरबजार न.पा, वडा न.०२ मा नि:शुल्क स्वास्थ्य शिविर संचालन हुँदै

सुन्दरबजार नगरपालिका वडा न.०२ मा नि:शुल्क स्वास्थ्य शिविर संचालन हुने भएको छ।उक्त शिविर सुन्दरबजार नगरपालिका वडा नम्बर ०२ र HDCS नमुना सामुदायिक अस्पतालको सामुदायिक अस्पतालको सयुंक्त आयोजनामा हुन लागेको हो।
२०७९ साल चैत ०७ गते एकदिन बिहान ९:०० बजेबाट बेलुका ४:०० बजेसम्म शिविर संचालन हुने वडा नम्बर ०२ का वडाध्यक्ष नवीन कुमार श्रेष्ठले जानकारी दिएका छन् ।
यसैगरी शिविरमा स्त्री रोग सम्बन्धी विशेषज्ञ सेवा,सामान्य स्वास्थ्य परिक्षण ,दन्त स्वास्थ्य परिक्षण,छाला रोग सम्बन्धी परिक्षण,भिडियो एक्सरे सेवा,मानसिक समस्या भएकालाई मनोविमर्श,प्यालेटिभ केयर सम्बन्धी परामर्श तथा जानकारी र महिलाहरुको लागि लामो अबधिको परिवार नियोजनको अस्थायी साधन …

‘गाउँघरमा चिकित्सक कार्यक्रम’ सञ्चालनमा

। बैतडीमा सञ्चालन भएको ‘गाउँघरमा चिकित्सक कार्यक्रम’ बाट एक हजार दुई बढी नागरिक लाभान्वित भएका छन् ।
दुर्गम क्षेत्रमा विशेषज्ञ डाक्टरसहित सेवा दिने उद्देश्यले जिल्ला अस्पताल बैतडीले सिगास र पञ्चेश्वरमा कार्यक्रम सञ्चालन गरेको हो । विशेषज्ञ सेवासहितको स्वास्थ्य गाउँघर चिकित्सक कार्यक्रमअन्तर्गत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको जिल्ला अस्पतालका प्रमुख डाक्टर दिपेश श्रेष्ठले जानकारी दिए । शिविरमा बालरोग सेवा, दन्तरोग सेवा, अल्ट्रासाउण्ड सेवा, इसिजी सेवालगायत विशेषज्ञ डाक्टरबाट स्वास्थ्य परीक्षण सेवा सञ्चालन गरिएको थियो ।
यस्तै अल्ट्रासाउण्ड सेवा, प्रयोगशाला सेवालगायतका स्वास्थ्य सेवा पनि शिविरमा सञ्चालन गरिएको हो । यसका साथै सामान्य चेकजाँचका साथै विशेषज्ञ …

धुसेनी स्वास्थ्य चौकीमा नि:शुल्क स्वास्थ्य शिविर आयोजना हुँदै

लमजुङ ।सुन्दरबजार नगरपालिका वडा न.१० धुसेनी अन्तर्गत स्वास्थ्य चौकीमा निशुल्क स्वास्थ्य शिविर आयोजना हुने भएको छ।
HDCS नमुना सामुदायिक अस्पतालको प्राबिधिक सहयोगमा उक्त स्वास्थ्य शिविर हुन लागेको हो।उक्त स्वास्थ्य शिविर पौष १३ गते हुन लागेको हो
।यसका साथै स्वास्थ्य सेवा शाखा सुन्दरबजारको आयोजनामा पाठेघरको मुखको क्यान्सर जाँच ,पाठेघर खस्ने समस्याको उपचार ,मनोपरामर्श,जनरल परिक्षण ,दन्त रोग ,छाला रोग लगायत निशुल्क औषधि समेत बितरण गर्ने बताइएको छ।थप जानकारीका लागि ०६६-४०२१२३ मा सम्पर्क गर्न सक्नुहुनेछ ।

यी हुन रायोको साग खानुका फाइदै फाइदा!जानुस्

एजेन्सी– सरल र सर्बसुलभ रुपमा जहाँ पनि पाईने तरकारीको रुपमा हामी रायोलाई लिन्छौँ । हामीले आफ्नो खेतबारीमा थोरै मिहेनतले पनि फलाउन सक्ने तरकारी पनि हो रायो ।
तर रायोका फाईदा बारे हामीलाई केही थाहा हुदैन र हामीले खालिरहेको जमिनमा के काम चलाउ हिसावले रायो फालएको धेरै ठाउमा पाईन्छ । रायोको सागले हामीलाई स्वस्थ रहन, विभिन्न रोगबाट बच्न महत्वपूर्ण भूमिका खेलेको हुन्छ । रायोको साग खाँदा यस्ता समस्याबाट मुक्ति पाउन सकिन्छ ।
जोर्नी र हड्डी बलियो बनाउँछः रायोको सागमा भिटामिन–के प्रशस्त मात्रामा पाइन्छ । भिटामिन के ले हड्डीलाई आवश्यक पर्ने खनिज प्रदान गर्छ …

छिमेकी मुलुक भारतमा कोरोनाको नयाँ भेरियन्ट भेटियो, डेल्टा भेरियन्टजस्तै खतरनाक

भारतमा कोरोना नियन्त्रणमा आउनै लागेको आशाबीच पुनः एक डरलाग्दो खबर आएको छ । पुणेको नेशनल इन्स्टिच्युट अफ भाइरोलोजी (एनआइभी) ले कोरोनाभाइरसको जिनोम सिक्वेन्सिङमा नयाँ भेरियन्ट पत्ता लगाएको छ ।
टाइम्स अफ इन्डियाको रिपोर्ट अनुसार यो भेरियन्ट बेलायत र ब्राजिलबाट भारतमा आएका व्यक्तिहरुमा पाइएको हो । इन्स्टिच्युटले यसलाई B.1.1.28.2 नाम दिएको छ । यो भातमा पाइएको डेल्टा भेरियन्टजस्तै गम्भीर भएको बताइएको छ । यसद्वारा संक्रमित व्यक्तिहरुमा कोरोनाको गम्भीर लक्षण देख्न सकिन्छ ।
भ्याक्सिनका लागि स्क्रिनिङको आवश्यकताः
भेरियन्टको अनुसन्धान गर्दा यसले मानिसहरुलाई गम्भीर रुपमा बिरामी बनाउन सक्ने तथ्य पाइएको छ । यो भेरियन्टविरुद्ध भ्याक्सिन प्रभावकारी …