Comments Add Comment

राम्रो नेपाल

List Grid
रवि बाहिरिए सरकारको समर्थन संख्या २६८ बाट २४८,एमाले र राप्रपानै बाहिरिए?

काठमाडौँ १७ माघ । नागरिकता प्रकरणमा दोषी ठहर भएपछि उपप्रधान एवम् गृहमन्त्रीसहित प्रतिनिधि सभा सदस्य पद गुमाएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पुनः मन्त्री बन्ने कसरत पुरा नभए उनको दलले नै गठबन्धन सरकार छाड्ने चेतावनी दिएका छन् ।
मंगलबार प्रधानमन्त्री प्रचण्डलाई भेटेर लामिछानेले आफूलाई सरकारको पूर्ववत जिम्मेवारी नदिए सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी नै दिएका छन् ।
लामिछानेको नागरिकता विवाद सुल्झिए पनि दोहोरो राहदानी विवाद कायमै रहेकाले प्रधानमन्त्री प्रचण्ड उनलाई पुन उपप्रधान तथा गृहमन्त्री बनाउन तयार छैनन् । सत्ता साझेदार दल एमाले अध्यक्ष केपी शर्मा ओलीले भने रवि लामिछानेलाई उपप्रधान …

‘मलाई जिस्काउने र पेल्ने काम नगर्नुस् फेरि तेस्रो पटक सभापति भइदिन्छु’:देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई पेल्ने काम भए विधान संशोधन गरेर तेस्रो पटक सभापति भइदिने चेतावनी दिएका छन्।
केन्द्रीय कार्यालय सानेपामा जारी पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा देउवाले यस्तो चेतावनी दिएका हुन्।
‘केही नेताहरुले होटलमा अन्त–अन्त भेला गरेर, के गरेर मलाई जिस्क्याउने र पेल्ने काम गरिरहनुभएको छ,’ उनले भने, ‘तपाईंहरु पार्टी कार्यालयमै गर्नुस् जे गर्नुछ। मलाई पेल्ने काम नगर्नुस्। म विधान संशोधन गरेर तेस्रो पटक सभापति भइदिन्छु।’
उनले नेता शेखर कोइराला समूहले छुट्टा–छुट्टै रुपमा गरिरहेको भेलालाई लक्षित गरेर उक्त चेतावनी दिएका हुन्।
बैठकमा केन्द्रीय सदस्य सञ्जयकुमार गौतमले गठबन्धन …

उद्योग विभागको नयाँ सफ्टवेयर सार्वजनिक, अब घरमै बसी उद्योग दर्ता र नवीकरण गर्न सकिने

काठमाडौं । नयाँ उद्योग दर्ता, नवीकरण, स्वदेशी विदेशी लगानी स्वीकृत अब अनलाइनबाट हुने भएको छ । उद्योग विभागले बुधबारदेखि सबै सेवा अनलाइनमार्फत सुरु गर्नेगरी सफ्टवेयर सार्वजनिक गरेको हो ।
विभागलाई ‘डिजिटलाइजेसन’मा लैजाने प्रक्रियाअन्तर्गत ‘इन्डस्ट्री म्यानेजमेन्ट इन्फरमेसन सिस्टम (आईएमआईएस) सफ्टवेयर सार्वजनिक गरिएको खबर गाेरखापत्रले छापेकाे छ ।
सो सफ्टवेयरमार्फत नयाँ उद्योग दर्तादेखि स्वीकृति लिनेसम्म अनलाइनबाटै गर्न सकिनेछ भने पुराना उद्योगको नवीकरण, अद्यावधिक, पुँजी वृद्धिलगायतका कार्य पनि गर्न सकिनेछ ।
विभागका महानिर्देशक रामचन्द्र तिवारीले सेवालाई आधुनिक र प्रविधियुक्त बनाउन परीक्षणका रूपमा आईएमआईएस सफ्टवेयर प्रणाली शुभारम्भ गरिएको जानकारी दिए ।
‘प्रारम्भिक रूपमा अहिले सुरु गरेका छौँ । …

प्रधानन्यायाधीश फायर :ओलिपक्षका अधिवक्तालाई मानहानी मुद्दा  हाल्ने चेतावनी

काठमाडौँ — प्रतिनिधिसभा विघटनका मुद्दा ११ न्यायाधीशले हेर्न नमिल्ने भनी अधिवक्ताहरू निवेदन लिएर गएपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले निवेदन फिर्ता लिन वा अवहेलनाको कारबाही भोग्न तयार हुन भनेका छन् ।
आइतबारको इजलास सुरु हुनेबित्तिकै अधिवक्ता राजाराम घिमिरे, ज्ञानमणि न्यौपानेलगायतले निवेदन पेस गरेका थिए । त्यसपछि प्रधानन्यायाधीश जबराले भने, ‘इजलासप्रति मर्यादा राख्नुपर्छ । विश्वास पनि गर्नुपर्छ । तपाईंहरूले गर्नुभएको निवेदन जुन किसिमको विषयवस्तु राख्नुभएको छ, यो हेर्दा कुनै पनि न्यायाधीशले मुद्दा हेर्न सक्ने अवस्था हुन्न । अदालतको अवहेलना चलाउनुपर्ने अवस्था हुन्छ । फिर्ता लिनुहुन्छ या अदालतले कडाइपूर्वक कदम चाल्नुपर्ने हो ।’
११ न्यायाधीशले हेर्न …