Comments Add Comment

विचित्र संसार

List Grid
२०७९ माघ १५ गते आइतवार(आज)को राशिफल, पाथीभरा माताले रक्षा गरुन

वि.सं। २०७९ माघ १५ गते आइतवारको राशिफल । श्री पाथीभरा माताकोको कृपाले यी राशिहरूको चम्किनेछ भाग्य
मेष– लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। हठ गर्ने बानीले दुःख पाइनेछ, जागिरमा पनि सावधान रहनु होला । विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला । प्रतीक्षित नतिजाले साँझदेखि उत्साह बढाउनेछ ।
वृष– अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । केही खर्च लागे पनि सोचेको काम बन्नेछ। व्यवसायमा थप लगानी बढाउन सकिनेछ। प्रतिस्पर्धीहरूले हार खानेछन् भने सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने …

चीनमाथि निगरानी गर्नका लागि भारतले उपयोग गरिरहेछ चिनियाँ क्यामरा !

अहिले भारतको उत्तराखण्डमा भारतीय र अमेरिकी सैनिकहरूको संयुक्त अभ्यास चलिरहेको छ ।
त्यसक्रममा चिनियाँ क्यामरा सहित अर्जुन नामक बाजले आकाशमा उडिरहेको एक ड्रोनलाई खसाएको छ । पाकिस्तान र चीनमाथि निगरानी गर्नका लागि भारतले यो बाज तैनाथ गर्न खोजेको हो ।
बाजको टाउकोमा क्यामरा र शरीरमा जीपीएस लगाइएको छ । चीन सीमाको निगरानी गर्नका लागि चिनियाँ क्यमरा लगाइनु आश्चर्यजनक छ ।
भारतीय सैन्य अधिकारीहरूका अनुसार, मेरठको रिमाउन्ट भेटरनेरी कोर्प्सले बाजलाई प्रशिक्षण दिएका हुन् । यसले ड्रोन खसाउने मात्र नभई आकाश र जमीनमा दुश्मनले गर्ने हरेक गतिविधिमाथि नजर राख्छ ।
भारत मात्र …

भालेले जबरजस्ती गर्न खोज्दा जुधेर धेरैजसो गैँडाको जान्छ ज्यान

भरतपुर । गत वर्षको कात्तिक ११ गते सौराहा नजिकै २८ वर्षको पोथी गैँडा मृत अवस्थामा भेटियो। खाग, खुर सुरक्षित भेटिएको यो गैँडाको शरीरभरि चोटैचोट थिए। गैँडाको पोस्टमार्टम गर्नुभएका निकुञ्जका पशु चिकित्सक डा। विजय श्रेष्ठ भालेको आक्रमणमा परेर पोथी गैँडा मरेको बताउनुहुन्छ।
डा श्रेष्ठका बुझाइमा जुधेर पोथी गैँडा मर्नु अपवाद हो। यस्तै अपवादमध्येको एक घटना यो पनि हो। जङ्गलमा पोथी गैँडालाई भालेले सहवासका लागि आग्रह गर्दा नमानेपछि रिसले भाले गैँडाले जबर्जस्ती गर्न खोज्छ र एकापसमा जुधाइ हुँदा सक्ने पोथी भाग्छ र नसक्नेले आत्मसमर्पण गर्छ। यो घटनामा पोथी गैँडाले सहवास गर्न नमान्दा भालेको …

प्रेमीलाई मिर्गौला दिएकी प्रेमिकाले पाइन् धोका, शल्यक्रियाको १० महिनापछि ब्रेकअप

एजेन्सी, २६ असार । टिकटोकर कोलिनले आफ्नो प्रेमीलाई बचाउन आफ्नो ज्यान जोखिममा पारिन् तर बदलामा धोका खाइन्। युवतीले आफ्नो कथा मानिसहरूसँग सेयर गरेकी छिन्, जसलाई पढेर सबै भावुक भएका छन् । कोलिनले भनिन्–जब उनले आफ्नो प्रेमीलाई आफ्नो मृगौला दान गरे, उनको अवस्था मर्ने जस्तै थियो। उनले आफ्नो प्रेमी निकै गम्भीर रोगबाट पीडित रहेको बताइन् । उनले मिर्गौला नदिएको भए उनको ज्यान बच्ने थिएन ।
केटीको नाम कोलिन ली हो। जब ती युवती आफ्नो प्रेमीसँग सम्बन्धमा आएकी थिइन्, उनलाई मृगौला रोग थियो । उनको प्रेमी उनी भन्दा कान्छो थियो र १७ वर्षको …

अभिनेत्री नितु चन्द्रालाई मासिक २५ लाखमा ‘ज्यालादारी श्रीमती’ बन्न प्रस्ताव!

काठमाडौं । बलिउड अभिनेत्री नितु चन्द्रा यतिबेला ठूलो पर्दाबाट टाढा छन् । उनी ‘ओए लक्की लक्की ओए’, ‘गरम’, ‘मसाला’, र ‘१३बी’ लगायतका फिल्ममा देखा परेकी थिइन् । अभिनेत्री नीतु चन्द्राले बलिउड फिल्म उद्योगमा आफ्नो स्थान बनाउन निकै संघर्ष गरेकी थिइन् ।
उनले अहिले आएर पहिले करियर बनाउने बेलाको आफ्नो संघर्षरत जीवनसँग जोडिएको तीतो अनुभव सेयर गरेकी छन् । अभिनेत्री नीतु चन्द्राले एक पटक एक व्यापारीले आफूलाई ज्यालादारी श्रीमती बन्ने (पैसाले श्रीमती बन्ने) प्रस्ताव गरेको बताएकी छन् । उक्त व्यापारीले अभिनेत्रीलाई मासिक २५ लाख रुपैयाँमा ज्यालादारी श्रीमती बन्न प्रस्ताव गरेका थिए ।
अभिनेत्री …

राति निद्रा नलाग्ने समस्या छ? यसो गरी हेर्नुहोस् त।

सुत्ने बानीबेहोरामा केही सुधार गरे मानिसहरूले आफ्नो ‘शरीरको घडी’ मा परिवर्तन गर्न सक्ने र स्वास्थ्यमा सुधार गर्न सक्ने वैज्ञानिकहरूले बताएका छन्।
यूके र अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले राति नसुतीकन सक्रिय रहने मानिसहरूमा एक अध्ययन गरेका थिए।
उनीहरूका अनुसार सधैँ एउटै निश्चित समयमा सुत्ने गरेमा, क्याफिन नखाएमा र बिहान पर्याप्त घाममा बसेमा निद्रासम्बन्धी समस्या निराकरण गर्न सकिन्छ।
सुन्दा सामान्य लागे पनि यो शैली अनुकरण गरे यसले महत्त्वपूर्ण प्रभाव पार्न सक्ने उनीहरूको धारणा छ।
सबै मानिसको शरीरमा एउटा ‘जैविक घडी’ हुन्छ। त्यो सूर्योदय र सूर्यास्तसँग अनुकूल भएको हुन्छ। त्यसैले हामीलाई उज्यालो नभएको रातिको समयमा निद्रा लाग्ने गर्छ।
तर केही …

ब्रेकअपपछि पूर्व प्रेमिकासँग डेटिङ खर्चको क्षतिपूर्ति माग

सांघाईका एक व्यक्तिले आफ्नो पूर्व प्रेमिकालाई डेटिङ गर्दा लागेको सबै खर्चको क्षतिपूर्ति दिन माग गरेपछि उनी चर्चामा छाएका छन् । सांघाइका एक अज्ञात व्यक्तिले आफूसँग ब्रेकअप भएको एक युवतीसँग डेटिङ गर्दा भएको खर्च माग गरेको चिनियाँ सञ्चार माध्यमहरूले जनाएका छन् ।
सम्बन्धमा रहँदा खर्च गरेको पैसाको सम्पूर्ण सूची र प्रमाणसमेत उनले जुटाएका छन् । विस्तृत ‘ब्रेकअप लिस्ट’ले चिनियाँ सामाजिक सञ्जाल विबोमा चर्को वहस सुरु गरेको छ ।
धेरैले आफूलाई ती व्यक्तिको दाबीभन्दा पनि डेटिङको महिनौंदेखिका सबै खर्च सम्झने उनको क्षमताबाट चकित भएको बताएका छन् । ती व्यक्तिले तयार …

भारतको दिल्लीमा मःमको डल्लो अ!ड्कीएर एक पुरुषको मृ!त्यु

काठमाडौं । प्राय हामी विभिन्न किसिमका मःमका पारखी हुन्छौं । अझ भन्नुपर्दा भोक लागेको बेला तात्तातो मःम र पिरो अचारका अलवा स्वादिलो सस हाम्रो दिमागमा आइहाल्छ । अधिकांश हामीले बेलुकाको खाजाका साथै रातिको खानासमेत मःम नै खाने गरेका छौं ।
तर, मःमका पारखीहरुले मःम खाने बेलामा एक पटक ध्यान दिनु आवश्यक छ, किनभने मःम खाने क्रममा अड्कीएर कयौंको ज्यां*नसमेत गएको घटनाहरु सार्वजनिक भइरहेका छन् ।
केही दिन अगाडि मात्रै छिमेकी राष्ट्र भारतको दिल्लीमा मःम खाने क्रममा एक पुरुषको मृ*त्यु भएको छ । मेडिकल रिपोर्टका अनुसार मःम खाने क्रममा स्वास नलीमा मःमको डल्लो …

भविष्यमा जीवित बन्ने आशामा यसरी राखियो १४६ जनाको लाश

तपाईंले हलिउडका विभिन्न साइन्स फिक्सन फिल्महरु हेर्नुभएकै होला । केही साइन्स फिक्सन फिल्ममा क्रायोजेनिक च्याम्बरको विषय समावेश गरिएको हुन्छ । त्यस्ता क्रायोजेनिक च्याम्बरमा फिल्मका पात्रहरुले आफ्नो शरीरलाई लामो समयसम्म फ्रिज गर्ने र वर्षौंपछि त्यस्ता च्याम्बरबाट निस्किँदा ज्यूँका त्यूँ रहने दृश्यहरु फिल्ममा हेर्न पाइन्छ ।
क्याप्टेन अमेरिका नामक फिल्ममा त ७० वर्षसम्म बरफमा जमाएर राखेपछि पनि मानिसलाई पुनः जीवित गराउन सकिने कथा समावेश छ ।
हालै करेन्ट बायोलोजी नामक विज्ञान पत्रिकामा एउटा शोध प्रकाशित भयो । जसमा रुसको साइबेरियामा २४ हजार वर्षसम्म हिउँमा जमेर रहेको डेलाइट रोटिफर नामक सूक्ष्म जीव जीवितै रहेको तथ्य …