Comments Add Comment

देश

List Grid
भानु न.पा ०८मा अबस्थित मर्स्याङ्गदी युवा क्लबले बितरण गर्यो विद्यार्थीहरुलाई सुइटर

तनहुँ । भानू न.पा. वडा न. ८ देउरालीटार तनहुँमा अबस्थित
मर्स्याङ्दी युवा क्लब २०७१ सालदेखी नै खेलकुद, सामाजिक काम, मठमन्दिर निर्माणमा सहयोग, जनचेतना एव आर्थिक सहयोग गर्दै आएको छ।

यसै सहयोगलाई निरन्तरता दिदै भानु न.पा वडा न.०८ मा रहेको निर्जला आधारभूत बिधालयको न्यानो कपडा वितरण गर्ने क्रममा भानु न. पा. वडा नं. ८ स्थित श्री निर्जला आधारभूत विद्यालयको कक्षा नर्सरी देखि कक्षा ७ सम्म अध्ययनरत जेहेनदर, गरीव तथा बुवा आमा नभएका २० जना विद्यार्थीहरुलाई सुइटर वितरण गरेको कुरा क्लबका सचिब नानुका नेपाली ले बताउनु भयो।

यस्तै गरि उक्त कार्यक्रममा …

लमजुङका एक युवा जो हृदयघातका कारण जापानमै अस्ताए

लमजुङ ।दोर्दी गाउँपालिका ६, छोटेखोला घर भएका र हाल
बेंसीशहर बस्दै आएका २२ वार्षिय युवराज तामाङको हृदयघातको कारण जापानमा मृत्यु भएको छ ।
उनि गत साल मात्रै विद्यार्थी भिसामा जापान पुगेको बताइएको छ।उनको शव नेपाल ल्याउन समेत पहल भैरहेको पारिवारिक स्रोतले बताएको छ। नेपाली समय अनुसार मंगलबार बिहान ३ बजे मृत्यु भएको पुष्टि भएको छ। उनको मृत्यु संगै गाउँनै शोकमा डुबेको छ।

सुन्दरबजार खानेपानी तथा सरसफाइ समितिको निर्वाचनमा काङ्ग्रेसको प्यानलनै विजयी

लमजुङ ,सुन्दरबजार। सुन्दरबजार नगरपालिका -०७ तार्कुटारमा अबस्थित सुन्दरबजार खानेपानी तथा सरसफाइ समितिको नयाँ समितिको लागि भएको निर्वाचनमा नेपाली काङ्ग्रेसको प्यानल नै विजयी भएको छ। नेपाली काङ्ग्रेस ,नेकपा एमाले र राप्रपाको प्यानल नै चुनावमा उत्रिएको थियो।
नेपाली काङ्ग्रेस निकट लोकतान्त्रिक समूहका अध्यक्ष उत्तम गुरुङले ५२५ मत पाएका छन् भने नेकपा एमाले निकट प्रगतिशील प्यानलका अध्यक्ष भोजबहादुर गुरुङले ३९५ मत प्राप्त गरेका छन् । राप्रपा निकट उन्नतिशील प्यानलका कृष्णबहादुर दुराले २३ मत प्राप्त गरेका छन् ।
काङ्ग्रेस प्यानलका उपाध्यक्ष सुवे. रणबहादुर घले ४६८ मत, सचिव नेत्रबहादुर गुरुङले ५१५ …

स्वास्थ्य क्षेत्र सुधार गर्न कुनै कसरत बाँकी रहने छैन: मन्त्री सिंखडा

पोखरा । गण्डकी प्रदेश सरकार सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडाले स्वास्थ्य क्षेत्र सुधार गर्न कुनै कसरत बाँकी नरहने बताएकी छिन् । गण्डकी प्रदेश सरकार सामाजिक बिकास मन्त्रालय तथा स्वास्थ्य मन्त्रालयकाले आयोजना गरेको प्रदेश स्तरीय स्वास्थ्य कार्यालयहरुको समिक्षा कार्यक्रमलाइ सम्बोधन गर्दै सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडाले बिरामीको चाप घटाउने गरेर काम गर्ने दिर्नेशन दिएकी हुन् ।
जिल्ला अस्पतालबाट पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिर्फर गर्ने र गण्डकी प्रदेश भन्दा बाहिरका अस्पतलमा रिर्फर गर्दा बिरामीलाइ समस्या हुने भन्दै सकेसम्म धेरै रोगको उपचार गण्डकी प्रदेशमा गर्न निर्देशन दिएकी हुन । आयुर्वेद …

सुन्दरबजार न.पा. द्वारा उपप्रमुख भवानी केसीको नेतृत्वमा बजार अनुगमन

सुन्दरबजार नगरपालिकादूुरा सुन्दरबजार नगरपालिका भित्र रहेको बजार अनुगमन सुरु गरेको छ।पहिलो चरणमा सुन्दरबजार नगरपालिका वडा नं. ०६ भित्रका एग्रोभेटमा अनुगमन गरिएको हो।
उपप्रमुख भवानी केसीको नेतृत्वमा सुन्दरबजार नगरपालिकाका कर्मचारी सुरक्षा निकाय,उद्योग वाणिज्य संघ र कृषि विकास शाखाको टिमले अनुगमन गरेको हो ।
सुन्दरबजार नगरपालिका प्रशासन शाखा विबेक कुमार पण्डितको बिशेष टिमले सुचक पालाना भए नभएको हेरिएको थियो ।
जनचेतना एग्रोभेट ,रुपाकोट एग्रोभेट ,अधिकारी एग्रोभेट ,श्रेष्ठ एग्रोभेट,कृषक सहयोग केन्द्र लगायत एग्रोभेटमा अनुगमन गरिएको छ।

यसअनुगमनमा मुल्य सुची ,साइनबोर्ड ,व्यवसाय दर्ता भए नभएको ,नविकरण भए नभएको ,नापतौल प्रमाण ठिक भए नभएको ,लेबलमा …

स्वास्थ्य बिभागका निबर्तमान महानिर्देशक डा. गुण राज लोहनी भानु -११ को जन सेवा मा

भानु नगरपालिका वडा नं. ११ स्थित रुपाकोट स्वास्थ्यचौकीमा १ दिने निशुल्क स्वास्थ शिविर संचालन भएको छ।स्वास्थ विभागका पुर्व डाइरेक्टर डा. गुणराज लोहनिको विशेष पहल र वडा नं.११ वडा कार्यलयको समन्वयमा स्वास्थ्य शिविर संचालन भएको हो ।
प्रेसर,सुगर,दम,मुटु रोग लगायतका बिरामी बढि मात्रामा देखिएको स्वास्थ विभागका पूर्व डाइरेक्टर डा. गुणराज लोहनीले वताउनु भएको छ।उहाँ अाफैले नागरिकको स्वास्थ जाँचमा खटिनुभएको छ।
यसका साथै बर्षायामको वेला गाउँमै यस्तो सुबिधा पाएकोमा स्थानीयहरुले खुसी ब्यक्त गरेका छन्। अाज दिनभर उक्त शिविरमा करिब १५० जनाले सेवा लिएका थिए ।यसैगरी स्वास्थ चौकी …

भानु न.पाका मेयर र वडा न.१० का वडाध्यक्षको पहलमा नगर अस्पतालको निर्माण सुचारु

भानु नगरपालिका स्थित कालीमाटीमा नगरस्तरीय अस्पताल निर्माणको लागि काम रफ्तारमा अघि बढेको छ।अस्पताल निर्माण गर्ने भनी काम ४ बर्ष अघिनै सुरु गरेपनि विभिन्न समस्याको कारण बिगत ४ बर्ष देखिनै काम अलपत्र परेर बसेको थियो।

तर हालसालै भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठी र वडा नम्बर १० का वडाध्यक्ष हरिहर उप्रेतीको बिशेष पहलमा काम अघि बढेको छ।यस अस्पताल निर्माणको लागि जम्मा टेन्डर रकम ७ करोड रहेको थियो।अघिल्लो पटक नै काम गर्न नसक्दा ३ करोड रुपैयाँ फृज भएको थियो।यसपटक भने केन्द्र बाट समेत यस अस्पतालका लागि २ करोड बजेट परेको छ।
यो अस्पतालमा २५ बेड …

मध्यपहाडी लोकमार्ग आयोजनाका आयोजना निर्देशक पोखरेलको यौन हर्कत!

सामाजिक संजाल मार्फत एक भिडियो सार्वजनिक भएको छ।उक्त भिडियो ५८ सेकेन्ड लामो छ।त्यस भिडियोमा २३-२४ बर्षकि देखिने युवती माथि यौन दुर्व्यवहार भएको छ।यो भिडियो पीडित युवती आफैंले सामाजिक संजालमा सार्बजनिक गरेकी छन् ।भान्साकोठामा खिचिएको यस भिडियोमा युवतीले उक्त युवकको दुव्र्यवहार बाट बच्न धक्कामुक्की गरिरहेकी छन् ।साथै युवती चिच्याइरहेकी छन् ।
यो घटना हो मध्यपहाडी लोकमार्ग आयोजनाका आयोजना निर्देशक तथा सडक बिभागका वरिष्ठ इन्जिनियर हरिकुमार पोखरेलले आफ्नै घरमा घरायसी काम गर्दै आएकी युवतीलाई गरेको यौन दुव्र्यवहार ।
पीडित युवतीको भनाइ अनुसार,`मेरो घरायसी आर्थिक अबस्था नाजुक थियो।दिनमा डेढ घण्टा जति काम गर्ने सहमति अनुसार …

श्रमदान बाट नै आयो हाडेँटार नहरमा पानी,नागरिकमा खुशीयाली

सुन्दरबजार नगरपालिका वडा न.०२ मा रहेको हाडेँटार सिँचाइ योजना बिगत दुई बर्ष देखि संचालनमा आउन सकेको थिएन ।बाढी र पहिरोले गर्दा क्षतविक्षत बनेको उक्त सिँचाइ आज बाट संचालनमा आएको छ।

कोइरालाफाटमा मुहान रहेको यस सिचाइको लम्बाइ ७.५ किलोमीटर रहेको छ।यस नहर बाट करिव २२० हेक्टर जमिन सिचाइ हुँदै आएको छ।

प्राबिधिकहरुले अन्दाजी ५ करोड खर्च र ५ बर्ष अनुमानित समय लाग्ने भनिएतापनि यस नहर सुन्दरबजार नगरपालिका बाट १० लाख र वडा बाट केही रकम गरि काम पूरा गर्दै नहरमा पानी चलाइएको हो। १३६० जनाको करिव ६० दिनको श्रमदान बाट नहरमा पानी …