Comments Add Comment

बिजनेस

List Grid
धौलागिरी लघुवित्तको आइपीओ आज बाट खुल्यो,यस्तो छ कम्पनी

काठमाडौं : धौलागिरी लघुवित्तको मंगलबार साउन २४ गतेबाट सर्वसाधारणका लागि आइपीओ बिक्री खुला हुँदैछ । कम्पनीले ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता आइपीओ जारी गर्न लागेको हो । जसमध्ये ५% अर्थात १६ हजार ५५० कित्ता सामूहिक लगानी कोष र ०.५% अर्थात् ५ हजार १५५ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी ३ लाख ९ हजार २९५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा साउन २९ गतेसम्म आवेदन दिन सकिनेछ ।
सो अवधिमा सबै सेयर बिक्री नभएमा भदौ ७ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले …

फरवार्ड माइक्रोफाइनान्सको खुद नाफा ६५.६५% बढ्यो, कस्तो असर पर्ला आज सेयरमा?

काठमाडौं : फरवार्ड माइक्रोफाइनान्सको अधिकांश सूचक आकर्षक देखिएको छ । यस लघुवित्तको खुद नाफा ६५.६५% ले बढेर गत आर्थिक वर्षको अन्त्यसम्ममा ८४ करोड ५३ लाख रुपैयाँ पुगेको छ । फरवार्डको खुद ब्याज आम्दानी ८.८५% र सञ्चालन नाफा २.८२% ले मात्र बढेको छ । यद्दपि, यस अवधिमा १४ करोड १५ लाख रुपैयाँ राइट ब्याक गरेपछि खुद नाफा बढेको देखिन्छ ।
यता, कम्पनीको चुक्ता पुँजी ८४ करोड रुपैयाँ भन्दा बढी पुगेको छ । रिजर्भ कोष पनि आकर्षक देखिएको छ । रिजर्भमा ७२.३१% ले सुधार हुँदै १ अर्ब ८४ करोड ७९ लाख रुपैयाँ …

यी हुन् छिटै आईपीओ निष्कासन गर्न लागेका ३० कम्पनी !

सर्वसाधारणका लागि विभिन्न क्षेत्रका ३० कम्पनीले आईपीओ जारी गर्न थालेका छन् । आईपीओ अनुमतिका लागि ती कम्पनीले नियामक निकाय धितोपत्र बोर्डमा आवेदन दिइसकेका छन् । बोर्डबाट अनुमति पाएपछि ती कम्पनीको सेयर बजारमा आउनेछ । दोस्रो बजार अपेक्षित रूपमा बढ्न नसकिरहेका बेला आईपीओमा लगानी गरेर आफ्नो पुँजी सही ठाउँमा व्यवस्थापन गर्न सेयर लगानीकर्ताले राम्रो अवसर पाउने भएका हुन् ।
धितोपत्र बोर्डबाट अनुमति पाएको दुई महिनाभित्र सेयर निष्कासन गरिसक्नुपर्ने कानुनी व्यवस्था छ । यसका आधारमा अबको दुई महिनाभित्रै दुई दर्जनभन्दा बढी कम्पनीको आईपीओ बजारमा आउने जानकारहरू बताउँछन् । आइतबारसम्म धितोपत्र बोर्डमा आवेदन दिएका विभिन्न क्षेत्रका ३० कम्पनीले ६ अर्ब …

नबिल बैंकको नाफा करिब ५ अर्ब, लाभांश क्षमता ४०%

काठमाडौं । नबिल बैंकले गत आर्थिक वर्षमा ४ अर्ब ९७ करोड नाफा गरेको छ । बैंकले प्रकाशित गरेका वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षमा बैंकको नाफा ४ अर्ब ५२ करोड रुपैयाँ थियो ।
नबिल बैंकले एनबी बैंकलाई गाभेर असार २७ गते एकीकृत कारोबार गरेको थियो । असार २६ सम्म एनबी बैंकले कमाएको नाफा बैंकको रिजर्बमा गएको छ । सेयर स्वाप अनुपात र एनबीले कमाएको पैसा रिजर्बमा गएको हुँदा बैंकको रिजर्ब निकै बढेको देखिएको छ ।
असार मसान्तसम्म बैंकको रिजर्बमा २६ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ ।
१००:४३ को अनुपातले एनबीलाई गाभेपछि नबिल …

मेलम्चीमा डुबेको डेढ अर्ब रुपैयाँ हिमालयन र बीओकेले फिर्ता पाउने चिनियाँ अदालतको फैसला

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको काउन्टर ग्यारेन्टीमा फसेको पैसा हिमालयन बैंक र बैंक अफ काठमाण्डू (बिओके)ले फिर्ता पाउने भएका छन् ।
चीनको हेनान प्रदेशको उच्च अदालतले नेपाली बैंकलाई काउन्टर ग्यारेन्टीवापतको रकम फिर्ता गर्न आदेश दिएको हो ।
मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्ने जिम्मा चीनको चाइना रेल्वेले पाएको थियो । जसको ग्यारेन्टी चीनको चाइना कन्सट्रक्सन बैंकले ग्यारेन्टी दिएको थियो । त्यसको काउन्टर ग्यारेन्टी नेपालका हिमालयन बैंक र बिओके बसेका थिए ।
चाइना रेल्वेले सम्झौताअनुसार मेलम्ची खानेपानी आयोजनाको काम गर्न नसकेपछि त्यसको ठेक्का रद्द भएको थियो । मेलम्ची खानेपानी आयोजनाले ग्यारेन्टीवापतको रकम नेपाली बैंकले पाएका …

यस्तो छ ३ अर्ब लगानीमा बनेको पाँच तारे ‘काव्या’ रिसोर्ट,न्युनतम शुल्क नै ५० हजार

नगरकोटमा पाँच तारेस्तरको रिसोर्ट ‘काव्या’ आज(आइतबार) देखि औपचारिकरूपमा सञ्चालनमा आउने भएको छ। काव्या रिसोर्ट एण्ड स्पा नाममा संचालन आउन लागेको यो रिसोर्ट निर्माणमा तीन अर्ब रुपैयाँ खर्च लागेको जनाइएको छ। रिसोर्टमा नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे, विशाल ग्रुप र दिवाकर गोल्छा कर्पको लगानी छ।
खर्च क्षमता उच्च भएका स्वदेशी-विदेशी पाहुनालाई लक्ष्य गर्दै यो यो रिसोर्ट सञ्चालनमा ल्याइएको हो। नयाँ आर्थिक वर्षको पहिलो दिन पारेर औपचारिक रूपमा सञ्चालनमा आउने भएको रिसोर्टको सफ्ट ओपनिङ भने गत असार २४ मा नै भइसकेको छ। रिसोर्टमा पुग्ने पाहुनालाई सेवा दिन सुरु भइसकेको छाया म्यानेजमेन्टका सीइ‌ओ …

तपाइ मोबाइल नम्बर कस्को नाममा छ ? यसरी थहा पाउनुहाेस

मोबाइलको ब्यालेन्स थाहा पाउन *400# डायल गर्नुहोस ।
आफ्नो मोबाइल नम्बर थाहा पाउन *9# डायल गर्नुहोस ।
आफ्नो मोबाइल नम्बर कस्को नाममा छ थाहा पाउन *922# डायल गर्नुहोस ।
कल फरवार्ड गर्न **21*98xxxxxxxx (फरवार्ड गर्न चाहेको नं.)# डायल गर्नुहोस ।
कल फरवार्ड Cancel गर्न ##002# डायल गर्नुहोस ।
Call Waiting सेवा सुचारु गर्न *43# डायल गर्नुहोस ।
Call Waiting सेवा Cancel गर्न #43# डायल गर्नुहोस ।
मोबाइलमा Friends and Family (FNF) सेवा सुरु गर्न पहिलो पटक FNFSUB*98XXXXXXXX लेखेर 1415 मा SMS गर्नुहोस र अन्य ४ वटा नम्बर थप गर्न FNFADD*98XXXXXXXX लेखेर 1415 मा SMS गर्नुहोस ।
प्रिपेड मोबाइलबाट …

बैंकमा पैसा राख्नेमा कुन जिल्लाका नागरिक अघि ?

काठमाण्डाै – बैंक तथा वित्तीय संस्थामा सबैभन्दा कम निक्षेप राख्ने जिल्लाका रूपमा रुकुम पूर्व देखिएको छ । आर्थिक विकासमा पछाडि परेको कान्छो जिल्लाका रूपमा रहेको याे जिल्लाको कुल निक्षेप ० दशमलव २३ प्रतिशत मात्रै रहेको छ ।
नेपाल राष्ट्र बैंकले भर्खरै सार्वजनिक गरेको चालु आर्थिक वर्षको लुम्बिनी प्रदेशको आर्थिक विवरणअनुसार यस जिल्लाका नागरिकले ९३ करोड ७३ लाख रुपैयाँ बराबरको रकम मात्रै बैंक तथा वित्तीय संस्थामा निक्षेपका रूपमा राखेको पाइएको छ ।
केन्द्रीय बैंकले सात वटै प्रदेशको आर्थिक अवस्थाका बारेमा नियमित विवरण सार्वजनिक गर्दै आएको छ । त्यही क्रममा पछिल्लो पटक लुम्बिनी प्रदेशको …

जीवन विकास लघुवित्तको ७० % बोनस शेयर सूचीकृत

असार १७, काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको बोनस शेयर शुक्रवार नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको ४२ लाख ५८ हजार ८ सय कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । यो बोनस शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् । गत चैत २५ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ७० प्रतिशत बोनस शेयर कम्पनीले सूचीकृत गराएको हो ।