Comments Add Comment

ताजा अपडेट

List Grid
सुन्दरबजार अस्पताललाई नेपाल बैंक लिमिटेड सुन्दरबजार शाखाले प्रदान गर्यो सुगर चेक गर्ने मेसिन

लमजुङ ।नेपाल बैंक लिमिटेड सुन्दरबजार शाखाले सुन्दरबजार अस्पताललाई ४ लाख पर्ने सुगर जाच गर्ने HBA1C मेसिन प्रदान गरेको छ। आज सुन्दरबजार अस्पतालमा एक कार्यक्रमका बीच उक्त मेसिन प्रदान गरिएको हो।

उक्त मेसिन प्रदान गर्दै नेपाल बैंक लिमिटेडका सुन्दरबजार शाखा प्रमुख रिम बहादुर थापाले सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त कार्य गरेको स्पष्ट पारे।यसैगरी यसका लागि नेपाल बैंकलाई झकझकाइरहेकोमा सुन्दरबजार अस्पतालका संचालक समिति अध्यक्ष बिष्णु कुमार श्रेष्ठलाई धन्यवाद समेत व्यक्त गरे।उनले भने,`यो मात्रै होईन यस्ता खालका धेरै सहयोग नेपाल बैंक लिमिटेडले गरेको छ ।हामी निरन्तर सामाजिक उत्तरदायित्वमा छौँ ।´

यसैगरी सुन्दरबजार नगरपालिकाका मेयर कृष्ण प्रसाद …

भानु न.पा ०८मा अबस्थित मर्स्याङ्गदी युवा क्लबले बितरण गर्यो विद्यार्थीहरुलाई सुइटर

तनहुँ । भानू न.पा. वडा न. ८ देउरालीटार तनहुँमा अबस्थित
मर्स्याङ्दी युवा क्लब २०७१ सालदेखी नै खेलकुद, सामाजिक काम, मठमन्दिर निर्माणमा सहयोग, जनचेतना एव आर्थिक सहयोग गर्दै आएको छ।

यसै सहयोगलाई निरन्तरता दिदै भानु न.पा वडा न.०८ मा रहेको निर्जला आधारभूत बिधालयको न्यानो कपडा वितरण गर्ने क्रममा भानु न. पा. वडा नं. ८ स्थित श्री निर्जला आधारभूत विद्यालयको कक्षा नर्सरी देखि कक्षा ७ सम्म अध्ययनरत जेहेनदर, गरीव तथा बुवा आमा नभएका २० जना विद्यार्थीहरुलाई सुइटर वितरण गरेको कुरा क्लबका सचिब नानुका नेपाली ले बताउनु भयो।

यस्तै गरि उक्त कार्यक्रममा …

लमजुङका एक युवा जो हृदयघातका कारण जापानमै अस्ताए

लमजुङ ।दोर्दी गाउँपालिका ६, छोटेखोला घर भएका र हाल
बेंसीशहर बस्दै आएका २२ वार्षिय युवराज तामाङको हृदयघातको कारण जापानमा मृत्यु भएको छ ।
उनि गत साल मात्रै विद्यार्थी भिसामा जापान पुगेको बताइएको छ।उनको शव नेपाल ल्याउन समेत पहल भैरहेको पारिवारिक स्रोतले बताएको छ। नेपाली समय अनुसार मंगलबार बिहान ३ बजे मृत्यु भएको पुष्टि भएको छ। उनको मृत्यु संगै गाउँनै शोकमा डुबेको छ।

सुन्दरबजार खानेपानी तथा सरसफाइ समितिको निर्वाचनमा काङ्ग्रेसको प्यानलनै विजयी

लमजुङ ,सुन्दरबजार। सुन्दरबजार नगरपालिका -०७ तार्कुटारमा अबस्थित सुन्दरबजार खानेपानी तथा सरसफाइ समितिको नयाँ समितिको लागि भएको निर्वाचनमा नेपाली काङ्ग्रेसको प्यानल नै विजयी भएको छ। नेपाली काङ्ग्रेस ,नेकपा एमाले र राप्रपाको प्यानल नै चुनावमा उत्रिएको थियो।
नेपाली काङ्ग्रेस निकट लोकतान्त्रिक समूहका अध्यक्ष उत्तम गुरुङले ५२५ मत पाएका छन् भने नेकपा एमाले निकट प्रगतिशील प्यानलका अध्यक्ष भोजबहादुर गुरुङले ३९५ मत प्राप्त गरेका छन् । राप्रपा निकट उन्नतिशील प्यानलका कृष्णबहादुर दुराले २३ मत प्राप्त गरेका छन् ।
काङ्ग्रेस प्यानलका उपाध्यक्ष सुवे. रणबहादुर घले ४६८ मत, सचिव नेत्रबहादुर गुरुङले ५१५ …

स्वास्थ्य क्षेत्र सुधार गर्न कुनै कसरत बाँकी रहने छैन: मन्त्री सिंखडा

पोखरा । गण्डकी प्रदेश सरकार सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडाले स्वास्थ्य क्षेत्र सुधार गर्न कुनै कसरत बाँकी नरहने बताएकी छिन् । गण्डकी प्रदेश सरकार सामाजिक बिकास मन्त्रालय तथा स्वास्थ्य मन्त्रालयकाले आयोजना गरेको प्रदेश स्तरीय स्वास्थ्य कार्यालयहरुको समिक्षा कार्यक्रमलाइ सम्बोधन गर्दै सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडाले बिरामीको चाप घटाउने गरेर काम गर्ने दिर्नेशन दिएकी हुन् ।
जिल्ला अस्पतालबाट पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिर्फर गर्ने र गण्डकी प्रदेश भन्दा बाहिरका अस्पतलमा रिर्फर गर्दा बिरामीलाइ समस्या हुने भन्दै सकेसम्म धेरै रोगको उपचार गण्डकी प्रदेशमा गर्न निर्देशन दिएकी हुन । आयुर्वेद …

लमजुङ जिप दुर्घटना :एकको मृत्यु,दुई घाइते

लमजुङ।लमजुङको दोर्दी गाउँपालिका-४ नौथर सेरा बाट कामचोक जाँदै गरेको एक जिप आइतबार करिब ५:४० बजेको समयमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। यसका साथै दुर्घटना थप २ जना घाइते भएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ।
मृत्यु हुनेमा भने दोर्दी गाउँपालिका-४, का ५४ वर्षीय पूर्णबहादुर तमाङ रहेका छन्।यसैगरी जिपमा चालकसहित ६ जना रहेको बताइएको छ। चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिसकेको छ।

लमजुङ :करणी पछि हत्या गर्नेलाई जन्मकैदको फैसला

लमजुङ ,सुन्दरबजार नगरपालिका वडा न.०१ मा करिब एक बर्ष अगाडि सुन्न र बोल्न नसक्ने युवतीमाथि जबरजस्ती करणी, डाँकाचोरी र हत्या गरेको अभियोगमा कुन्छाका २५ वर्षीय राम सुनारलाई तीन वटा मुद्दामा अदालतले आजीवन जन्मकैदको सजाय सुनाएको छ।
सुन्दरबजार नगरपालिका-१, कुन्छाकै २८ वर्षिया लिला अछामीलाई बलात्कार गरि हत्या गरेको र गरगहना लुटपाट गरेको अभियोगमा जिल्ला न्यायाधीश शिवप्रसाद खनालको इजलासले शुक्रबार आजीवन कारावासको सजाय सुनाएको हो ।
जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद, अपांगता भएका व्यक्ति भएका कारण थप ४ वर्ष कैद र ३ लाख रुपैयाँ जरिवाना, पीडित परिवारलाई २ लाख क्षतिपूर्तिको फैसला …

भानु ११ स्वास्थ्य शिविर सफलतापुर्वक सप्पन्न:एघार सय जनाले लिए सेवा

भानु नगरपालिका वडा नम्बर ११ वडाकार्यलयको समन्वय र विशेष पहलमा त्रिभुवन माविमा संचालन भएको ३ दिने आखासम्बन्धी चेकजाँच तथा उपचार र महिला सम्बन्धी रोगको निशुल्क शिविर सफलताको साथ सम्पन्न भएको छ। https://youtu.be/UhEIdGWhhnw?si=Pdjcr10QGjxgSWIu
मंसिर १४,१५ र १६ गते आखा सम्बन्धी निशुल्क शिविर र मंसिर १६ गते महिला सम्बन्धी विभिन्न रोगको चेकजाच तथा उपचार भएको थियो।मेट्रो आइ कियर र मित्रता समाजकोको पनि यस शिविरमा सहयोग रहेको थियो। उक्त शिविर भुवन क्याम्पसको रजतजयन्तिको पावन अबसरमा यो सिबिर सन्चालन गरिएको थियो।

आखा सम्बन्धी सेवा ९२५ जनाले लिएको र ८२ …

लम्जुङ सुन्दरबजार ०२ मा जिप दुर्घटना,१ जनाको मृत्यु

लम्जुङ सुन्दरबजार ०२ मा जिप दुर्घटना,१ जनाको मृत्यु
लमजुङको सुन्दरबजार नगरपालिका वडा नम्बर ०२ मा पर्ने सुन्तलेटारमा जिप दुर्घटना हुँदा ३६ बर्षिय
मंगप्रसाद सेढाईको मृत्यु भएको छ। उनी आफैले उक्त गाडी चलाइरहेका थिए।टुहुरेपसल हुँदै आफै बसोबास गर्दै आएको ठाउँमा आइपुग्ने बेलामा नै चालक दुर्घटनामा परेका थिए।

ग१ज७२७२ नं. को जिप बाटोबाट पल्टिएर दुर्घटना भएको हो।दुर्घटना राती भएपनि बिहान मात्र थाहा भएको स्थानीयले बताएका छन् । बाटोबाट करिब ५० मिटर तल पल्टिएर दुर्घटना भएको स्थलगत अध्यनले देखाएको छ।
जिपले च्यापिएर मृत्यु भएको घटनास्थलको अध्यनले देखाउछ।
रिजर्भमा गएर राती फर्केर घर …