Comments Add Comment

सुन्दरबजार अस्पताललाई नेपाल बैंक लिमिटेड सुन्दरबजार शाखाले प्रदान गर्यो सुगर चेक गर्ने मेसिन

लमजुङ ।नेपाल बैंक लिमिटेड सुन्दरबजार शाखाले सुन्दरबजार अस्पताललाई ४ लाख पर्ने सुगर जाच गर्ने HBA1C मेसिन प्रदान गरेको छ। आज सुन्दरबजार अस्पतालमा एक कार्यक्रमका बीच उक्त मेसिन प्रदान गरिएको हो।

उक्त मेसिन प्रदान गर्दै नेपाल बैंक लिमिटेडका सुन्दरबजार शाखा प्रमुख रिम बहादुर थापाले सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त कार्य गरेको स्पष्ट पारे।यसैगरी यसका लागि नेपाल बैंकलाई झकझकाइरहेकोमा सुन्दरबजार अस्पतालका संचालक समिति अध्यक्ष बिष्णु कुमार श्रेष्ठलाई धन्यवाद समेत व्यक्त गरे।उनले भने,`यो मात्रै होईन यस्ता खालका धेरै सहयोग नेपाल बैंक लिमिटेडले गरेको छ ।हामी निरन्तर सामाजिक उत्तरदायित्वमा छौँ ।´

यसैगरी सुन्दरबजार नगरपालिकाका मेयर कृष्ण प्रसाद कोईरालाले अस्पताललाई महत्त्वका साथ हेरिरहेको बताएका थिए। नेपाल बैंकले सुगर चेकको लागि मेसिन प्रदान गरेकोमा धन्यवाद व्यक्त गर्दै थाइराइड मेसिन तत्काल सम्भावना नभएपनि छिट्टै ल्याउने बताएका थिए।

यसका साथै सुन्दरबजार नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख परमेश्वर पियाले सुन्दरबजार अस्पतालमा धेरै कुराहरू गर्न बाकी नै रहेको र प्रयासरत रहेको बताएका थिए।

सुन्दरबजार नगरपालिका वडा न ०७ का वडाध्यक्ष जयराम रेग्मीले सुन्दरबजार अस्पतालमा सुगर सम्बन्धी जाच गर्न बाहिर जान पर्ने कुराको अन्त्य भएको भन्दै नेपाल बैंक लिमिटेड सुन्दरबजार शाखालाई धन्यवाद व्यक्त गरे ।यसैगरी थाइराइड जाच गर्ने मेसिन आबश्यक रहेको हुँदा नगरपालिकाको पहलमा सबै लागेर काम सुरु गर्नुपर्ने बताएका थिए।

यस्तै अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष बिष्णु कुमार श्रेष्ठले सबै मिलेर अस्पताल सुधार गर्नुको विकल्प नरहेको बताएका थिए।उनले भने,`यो अस्पताल आम सुन्दरबजार नगरवासिको मात्र नभइकन लमजुङ र तनहुँ दुबै जिल्लाको जनताको आशाको केन्द्र हो।यसमा अझै सुधार ल्याउनुपर्छ।नगरपालिकाले थाइराइड मेसिनको लागि पहल गर्नुपर्छ त्यसका लागि लाग्नुको बिकल्प छैन ।´

यसैगरी मातृभुमि बहुमुखी क्याम्पस प्रमुख रामलाल श्रेष्ठले स्वाथ्य अमुल्य धन भएको हुनाले स्वास्थ्यलाई महत्त्व दिएर सामाजिक उत्तरदायित्व बहन गर्दै अघि बढ्नुपर्ने बताएका थिए। यसैगरी ब्यबस्थापन समितिमा डाइनमिक लिडर आएकाले अस्पताल सुधार हुने आशा व्यक्त गरेका थिए।

सुन्दरबजार चेम्बर अफ कमर्सका उपाध्यक्ष निपेन्द्र श्रेष्ठले अपुग सामान हस्तान्तरण गर्न बार्षिक योजना बनाएर अघि बढ्नु पर्ने बताएका थिए।यसैगरी नगरपालिकाले स्वास्थ्यमा ध्यान नदिएकोमा गुनासो समेत व्यक्त गरेका थिए।

उधोग बाणिज्य संघ सुन्दरबजार अध्यक्ष आनन्दराज श्रेष्ठले अस्पतालले अझै सेवा सुबिधा दिनुपर्ने भन्दै नगरप्रमुख कृष्ण प्रसाद कोइरालालाई ध्यानाकर्षण गरेका थिए।

यसैगरी बुद्धिजीवी तथा एभरेस्ट सहकारीका अध्यक्ष रामबाबु श्रेष्ठले जनताको लागि निशुल्क स्वास्थ्य आजको आबश्यकता भएकाले त्यसैअनुरुप लाग्नुपर्ने बताएका थिए। अस्पतालको लागि आफुले गर्नुपर्ने सहयोग गर्न तयार रहेको बताएका थिए।

यसका साथै जग्गादाता रमेशबाबु सापकोटाले कृषिको भवनमा उपस्वास्थ्य चौकीको बिजोग देखेपछि निशुल्क जग्गा उपलब्ध गराउदै अस्पताल बनाएको बताए ।यसको साथै सबै मिलेर अस्पताल बनाउन लाग्नुपर्नेमा जोड दिए।

पत्रकार महासंघ लमजुङका सस्थांपक अध्यक्ष तथा वरिष्ठ पत्रकार नबराज पहाडीले पत्रकारिता बाट अस्पताललाई गर्नुपर्ने सहयोग जुनसुकै बेला पनि गर्न तयार रहेको बताएका थिए।

नेपाल बैंक लिमिटेडले मेसिन प्रदान गरेको भन्दै सुन्दरबजार अस्पतालले सुन्दरबजार नेपाल बैंक शाखालाई प्रशंसापत्र समेत प्रदान गरेको थियो।यसैगरी मेयर कृष्णप्रसाद कोइरालालाई मायाको चिनो समेत प्रदान गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै