Comments Add Comment

भानु न.पा ०८मा अबस्थित मर्स्याङ्गदी युवा क्लबले बितरण गर्यो विद्यार्थीहरुलाई सुइटर

तनहुँ । भानू न.पा. वडा न. ८ देउरालीटार तनहुँमा अबस्थित
मर्स्याङ्दी युवा क्लब २०७१ सालदेखी नै खेलकुद, सामाजिक काम, मठमन्दिर निर्माणमा सहयोग, जनचेतना एव आर्थिक सहयोग गर्दै आएको छ।

यसै सहयोगलाई निरन्तरता दिदै भानु न.पा वडा न.०८ मा रहेको निर्जला आधारभूत बिधालयको न्यानो कपडा वितरण गर्ने क्रममा भानु न. पा. वडा नं. ८ स्थित श्री निर्जला आधारभूत विद्यालयको कक्षा नर्सरी देखि कक्षा ७ सम्म अध्ययनरत जेहेनदर, गरीव तथा बुवा आमा नभएका २० जना विद्यार्थीहरुलाई सुइटर वितरण गरेको कुरा क्लबका सचिब नानुका नेपाली ले बताउनु भयो।

यस्तै गरि उक्त कार्यक्रममा सुइटर बितरण कार्यक्रमका संयोजक नवराज जोशिले विद्यालयका प्रधानाध्यापक प्रतिमा खनाललाई हस्तान्तरण गरि विद्यार्थीहरुलाई मर्स्याङ्गदी युवा क्लबका अध्यक्ष श्री बुद्धिमान नेपाली र अविरापण विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एव भानु न.पा. वडा न. ८ का वडाध्यक्ष श्री ईश्वर व. घिमिरेले गर्नु भएको थियो भने उक्त कार्यक्रममा क्लबका आजिवन सदस्य श्री कृष्ण मुरारी न्यौपानेले क्लबको बारेमा प्रकाश पार्नु भएको थियो। यसैगरी कार्यक्रम सचांलन विद्यालयका शिक्षक शंकर बराकोटीले गर्नु भएको थियो।

यस क्लबले कोभिडमा पनि सामाजिक जनचेतना सम्बन्धी विभिन्न कार्यक्रम एवं भानु न.पा. वडा न ८ का विभिन्न मुटु रोगीहरुलाई समेत आर्थिक सहयोग गर्दै आएको कुरा क्लबका सदस्य श्री चित्र बहादुर नेपालीले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै