Comments Add Comment

सुन्दरबजार खानेपानी तथा सरसफाइ समितिको निर्वाचनमा काङ्ग्रेसको प्यानलनै विजयी

लमजुङ ,सुन्दरबजार। सुन्दरबजार नगरपालिका -०७ तार्कुटारमा अबस्थित सुन्दरबजार खानेपानी तथा सरसफाइ समितिको नयाँ समितिको लागि भएको निर्वाचनमा नेपाली काङ्ग्रेसको प्यानल नै विजयी भएको छ। नेपाली काङ्ग्रेस ,नेकपा एमाले र राप्रपाको प्यानल नै चुनावमा उत्रिएको थियो।

नेपाली काङ्ग्रेस निकट लोकतान्त्रिक समूहका अध्यक्ष उत्तम गुरुङले ५२५ मत पाएका छन् भने नेकपा एमाले निकट प्रगतिशील प्यानलका अध्यक्ष भोजबहादुर गुरुङले ३९५ मत प्राप्त गरेका छन् । राप्रपा निकट उन्नतिशील प्यानलका कृष्णबहादुर दुराले २३ मत प्राप्त गरेका छन् ।
काङ्ग्रेस प्यानलका उपाध्यक्ष सुवे. रणबहादुर घले ४६८ मत, सचिव नेत्रबहादुर गुरुङले ५१५ मत , कोषाध्यक्ष तुलाराम गुरुङले ४७३, सहसचिवमा सुकमाया गुरुङले ५७२ मत पाई विजय भएका छन् ।

सदस्यहरूमा काङ्ग्रेस प्यानलबाट सुवे. चन्द्रबहादुर दुरा ४७६ मत, रामकृष्ण कुमाल ४४६ मत, कृष्णप्रसाद पाण्डे ४६२, निर्मला नेपाली ४५० मत र शारदा भण्डारी ४५२ र लेखा समितिको संयोजक सुरेन्द्रप्रसाद पौडेलले ४५३ मत पाएका छन् ।

एमाले निकट प्रगतिशील प्यानलका उपाध्यक्षका उम्मेद्बार रामजी भट्टराई ४१७, सचिवमा शिवजी पोखरेल(पूर्वअध्यक्ष)ले ३६९, कोषाध्यक्ष सुरेन्द्रलाल श्रेष्ठ ३९९ मत र सहसचिवमा बसन्ती दुराले ४०१ मत प्राप्त गरेका छन् ।
सदस्यहरू सूर्यकान्त अधिकारी ३९८, गणेश सापकोटा(कुमार) ३९३, चिमकाजी श्रेष्ठ ३१२, निता गुरुङ ४२३ मत पाउनु भएको छ भने कल्पना सापकोटाले ४११ मत र लेखा समिति संयोजकका प्रत्यासी खेम गुरुङले ३७७ मत प्राप्त गरेका थिए।

राप्रपा निकट उन्नतीशील समुहका उम्मेदवार अध्यक्ष रि. सुवेदार कृष्णबहादुर दुराले २३, उपाध्यक्ष बोजबहादुर थापा ३२, सचिव युरीषा भट्टराई पौडेलले २९ मत, कोषाध्यक्ष तोला दुरा ३५, सहसचिव रजनी पण्डीतले ३२ मत पाउनु भएको निर्वाचन समितिले जनाएको छ । सो प्यानलाका सदस्यका प्रत्यासीहरू धनकला गुरुङ ३२, शंकरराज पोखेल ३४, पम्फादेवी बि.क. २१, धनकला गुरुङ ३२, रामबहादुर नेपाली २९ मत र टिकाराम कामीले २८ मत प्राप्त गरेका थिए ।
कुल १३४९ मतदातामा ९८३ मत खसेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै