Comments Add Comment

लमजुङ :करणी पछि हत्या गर्नेलाई जन्मकैदको फैसला

लमजुङ ,सुन्दरबजार नगरपालिका वडा न.०१ मा करिब एक बर्ष अगाडि सुन्न र बोल्न नसक्ने युवतीमाथि जबरजस्ती करणी, डाँकाचोरी र हत्या गरेको अभियोगमा कुन्छाका २५ वर्षीय राम सुनारलाई तीन वटा मुद्दामा अदालतले आजीवन जन्मकैदको सजाय सुनाएको छ।

सुन्दरबजार नगरपालिका-१, कुन्छाकै २८ वर्षिया लिला अछामीलाई बलात्कार गरि हत्या गरेको र गरगहना लुटपाट गरेको अभियोगमा जिल्ला न्यायाधीश शिवप्रसाद खनालको इजलासले शुक्रबार आजीवन कारावासको सजाय सुनाएको हो ।

जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद, अपांगता भएका व्यक्ति भएका कारण थप ४ वर्ष कैद र ३ लाख रुपैयाँ जरिवाना, पीडित परिवारलाई २ लाख क्षतिपूर्तिको फैसला गरिएको हो । डाँकाचोरी मुद्दामा ८ वर्ष कैद र ८० हजार रुपैयाँ जरिवाना फैसला गरेको छ ।

कर्तव्य ज्यान मुद्दामा जन्मकैदसहित सबै गरी आजीवन जन्मकैदको फैसला सुनाएको छ । सुनारलाई लमजुङ जिल्ला अदालतले गत भदौ ६ गते पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै