Comments Add Comment

भानु ११ स्वास्थ्य शिविर सफलतापुर्वक सप्पन्न:एघार सय जनाले लिए सेवा

भानु नगरपालिका वडा नम्बर ११ वडाकार्यलयको समन्वय र विशेष पहलमा त्रिभुवन माविमा संचालन भएको ३ दिने आखासम्बन्धी चेकजाँच तथा उपचार र महिला सम्बन्धी रोगको निशुल्क शिविर सफलताको साथ सम्पन्न भएको छ। https://youtu.be/UhEIdGWhhnw?si=Pdjcr10QGjxgSWIu

मंसिर १४,१५ र १६ गते आखा सम्बन्धी निशुल्क शिविर र मंसिर १६ गते महिला सम्बन्धी विभिन्न रोगको चेकजाच तथा उपचार भएको थियो।मेट्रो आइ कियर र मित्रता समाजकोको पनि यस शिविरमा सहयोग रहेको थियो। उक्त शिविर भुवन क्याम्पसको रजतजयन्तिको पावन अबसरमा यो सिबिर सन्चालन गरिएको थियो।

आखा सम्बन्धी सेवा ९२५ जनाले लिएको र ८२ जनाको सफलतापुर्वक अपरेसन समेत गरिएको थियो।रेटिना तथा मोतिबिन्दु सम्बन्धी तिलगंगा आखा अस्पतालका वरिष्ठ प्राध्यापक एवं चिकित्सक डा.गोबिन्द पौडेलको नेतृत्वमा आएको टोलिले उक्त चेकजाच र अपरेसन गरेको थियो।

यसैगरी नेशनल सिटि हस्पिटल भरतपुरकि गाइनोकोलोजिष्ट डा.शिल्पा पन्तको नेतृत्वमा आएको टोलिले १७५ जनालाइ सेवा प्रदान गरेको छ।जसमध्य ५० जनालाइ अपरेसनको सिफारिस गरिएको छ।

आफ्नै गाउँमा निशुल्क सेवा पाएकोमा सेवा लिन आउने सेवाग्राहीहरु खुशी देखिन्थे।बिशेषगरि लमजुङ र तनहुँ बाट सेवा लिन आउनेहरुको संख्या उच्च थियो। एक ८० बर्षिय बुवा भरतमणि पौडेलले भने,`बुडेसकालमा आखा अपरेसनकै लागि भनेर शहर धाउन पनि गार्हो उपचार गर्न जान नै गाह्रो यत्तिकै बसिरहेको थिए।वडामै सुबिधा आएको छ भन्ने सुनेपछि आएको थिए अपरेसन भयो खुशि लाग्यो।´

यसैगरी महिलासम्बन्धी रोगको उपचार निशुल्क हुँदा महिलाहरु खुशि देखिन्थे।एक महिलाले सगरमाथा दैनिक डट कम संग कुरा गर्दै भनिन ,`उपचार कै लागि कहाँ जाने कसलाई भन्ने भनेर बस्नुपरेको थियो।सबै समस्याहरु बताउन सक्ने अबस्था पनि हुँदैन ।यस्तो अबस्थामा यहाँ शिविर आउदा खुशि छु।´

यसैबीच भानु नपा वडा नम्बर ११ का वडाध्यक्ष बिमलराज जोशीले आम नागरिकको चाहना अनुसार सल्लाह अनुसार शिविर ल्याइएको बताए।उनले भने,` जनताको आधारभुत अधिकार स्वास्थ्य उपचार हो।यसलाई मध्यनजर गर्दै यो शिविर संचालन गरिएको हो।आगामी दिनमा अन्य कुरामा पनि सहकार्यका साथ अघि बढ्नेछौ।वडाको सामर्थ्यले भिआएकोसम्म हामी सेवा दिन सधै तत्पर भएर लागिरहेका छौँ ।´

यस्तै भानु नपाका मेयर आनन्दराज त्रिपाठिले जनतालाइ सेवा दिन नगरपालिका वडा बीच समन्वय गर्दै अघि बढिरहेको बताएका छन् ।´

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै