Comments Add Comment

सुन्दरबजार न.पा ०२ मा एक युवतीले गरिन् आत्महत्या

सुन्दरबजार नगरपालिका वडा नम्बर ०२ मा एक युवतीले आत्महत्या गरेकी छन् ।सुन्दरबजार नगरपालिका वडा नम्बर ०२ स्थित शान्ती एकता टोल परेवाडाँडा,लम्जुङ अस्थायी बसोबास गर्ने मध्यनेपाल न.पा-१०, थान्सिङ स्थायी निवासी १९ बर्षकी पुर्णिमा बिक ले आज मिति २०८०/०५ /२१ गते बिहीबार बिहान करिब २:३० मा आफ्नै कोठामा पासो लगाइ आत्महत्या गरेकी हुन् ।

माइती पक्ष आइपुगेपछी मुचुल्काको काम सिद्दाइएको छ।घटना के कारणले भयो भन्ने बारे प्रहरीले अनुसन्धान समेत अघि बढाएको छ।पोष्टमार्टमको काम समेत अघि बढिसकेको छ।

आत्महत्या कुनै पनि समस्याको समाधान होईन ।एकछिनको आवेश,संवेदना,निराशा,दु:ख,पीडाहरु लाई स्वीकार गरेर अघि बढेमा मात्र सुनौलो जीवन एकदिन फक्रेर अघि बढ्नेछ।आजको नयाँ पुस्ता छिट्टै आफैले भनेको हुनुपर्ने गलत अभ्यासमा अघि बढ्दै छ।

बिराट अस्तित्व रहेको पृथ्वीमा सबै आफैले भनेको झै चल्दैन र एकजना संसार बाट जादैमा यो लोक लाई केही असर पर्दैन केबल आफ्नै जीवन परिवार र समाजलाई नकारात्मक सन्देश मात्र जान्छ।
यदि आफुमा आत्महत्या जस्ता नकारात्मक कुराहरु मनमा आएमा आफ्ना नजिकका साथी वा कुनै साइकोलोजिस्ट लाई देखाएर समस्याको समाधान गर्नुपर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै