Comments Add Comment

मित्रता युवा क्लबको आयोजना र सुन्दरबजार अस्पतालको सहयोगमा ब्लड टेस्ट कार्यक्रम सप्पन्न

तनहुँ भानु नगरपालिका ११ मानेचौकामा रहेको मित्रता युवा क्लबको आयोजनामा र सुन्दरबजार अस्पतालको प्राबिधिक सहयोगमा blood group test कार्यक्रम सम्पन्न भएको छ।


यस कार्यक्रम त्रिभुवन मा.बिको परिसर भित्र भएको थियो।बिहान ८ बजेदेखि ११ बजेसम्म संचालन गरिएको कार्यक्रममा १०२ जनाले सेवा लिएका थिए।यस कार्यक्रमको प्रमुख अतिथि भानु नगरपालिका वडा नम्बर ११का वडाध्यक्ष बिमलराज जोशी रहेका थिए भने सभापतिमा मित्रता युवा क्लबका अध्यक्ष रामशरण के.सि रहेका थिए।

यसैगरी बिशिष्ट अतिथिमा त्रिभुवन क्याम्पसका क्याम्पस प्रमुख रविन्द्र राज जोशी तथा त्रिभुवन मा.वि का प्रधानध्यापक हिरामणी ढुंगाना रहेका थिए।यस कार्यक्रम बिनोद ढुंगानाले संचालन गरेका थिए।

मित्रता युवा क्लबले स्वास्थ्य संगै खेलकुद ,शैक्षिक ,सामाजिक लगायत हरेक क्षेत्रमा उच्च योगदान गर्दै आएको छ।
यसैगरी भानु नगरपालिका वडा न ११ का वडाध्यक्ष रहेका बिमलराज जोशीले यस्ता कार्यक्रमले कुन ब्लड समुहको रगत भएका मान्छे कति छन् भन्ने पहिचान हुनुको साथै भोलिको दिनमा आफुलाइ गाह्रो पर्दा होस् या अरुलाई रगत दिन परेमा होस् दुबै अबस्थामा सजिलो हुने बताएका थिए।




भिडियो हेर्न तलको भिडियो बक्समा क्लिक गर्नुस:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै