Comments Add Comment

त्रिभुवन क्याम्पसमा भानु नगर प्रमुखद्वारा ब्याडमिन्टन कोर्ट समुद्घाटन

तनहुँ जिल्ला भानु नगरपालिका वडा नं.११ मा अबस्थित त्रिभुवन क्याम्पसमा पढाइ सँगै स्वास्थ ,मनोरञ्जन र खेलकुद भन्ने नाराका साथ क्याम्पसमा ब्याटमिन्टन कोर्ट निर्माण गरि अघि बढेको छ।उक्त ब्याटमिन्टन कोर्टको अाज उद्घाटन गर्दै भानु नगरपालिकाका मेयर अानन्दराज त्रिपाठीले यो कलेजको लागि अाबश्यक रहेको र अागामि दिनमा पनि अन्य कार्यक्रममा नगरपालिकाको साथ रहेको बताएका थिए ।


यसैगरी क्याम्पस प्रमुख रविन्द्र राज जोशीले अझ गुणस्तर बनाउन सबै मिलेर अघि बढ्नुपर्ने बताएका थिए ।

यस्तै वडा नं.१० का वडाध्यक्ष हरिहर उप्रेतीले अाफु यसै कलेजको भुपु विध्यार्थी र शिक्षक समेत भएकाले यस कलेजलाई नजिकबाट नियालेको बताएका थिए ।यसैगरी वडा नं. ११ का वडाध्यक्ष बिमलराज जोशीले यो कलेज समग्र तनहुँको शैक्षिक स्थिति बताउने भएकाले उत्कृष्ट बनाउनु पर्ने बताएका थिए ।



यसैगरी वडा नं.८ का वडाध्यक्ष तथा नगर प्रबक्ता र वडाध्यक्षको हैसियतले हरेक तरहले कलेजको साथमा रहेको बताएका थिए ।यसैगरी व्यवस्थापन समितिको अध्यक्ष टेकबहादुर गुरुङले स्थानीय तहहरुले कलेजलाई बिशेष ध्यान दिनुपर्ने बताएका थिए । नगर प्रमुख अानन्दराज त्रिपाठी को प्रमुख अतिथिमा र व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर गुरुङको अध्यक्ष्ातामा र सहायक प्राध्यापक बिनोद ढुङ्गानाले कार्यक्रम संचालन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै