Comments Add Comment

मध्यपहाडी लोकमार्ग आयोजनाका आयोजना निर्देशक पोखरेलको यौन हर्कत!

सामाजिक संजाल मार्फत एक भिडियो सार्वजनिक भएको छ।उक्त भिडियो ५८ सेकेन्ड लामो छ।त्यस भिडियोमा २३-२४ बर्षकि देखिने युवती माथि यौन दुर्व्यवहार भएको छ।यो भिडियो पीडित युवती आफैंले सामाजिक संजालमा सार्बजनिक गरेकी छन् ।भान्साकोठामा खिचिएको यस भिडियोमा युवतीले उक्त युवकको दुव्र्यवहार बाट बच्न धक्कामुक्की गरिरहेकी छन् ।साथै युवती चिच्याइरहेकी छन् ।

यो घटना हो मध्यपहाडी लोकमार्ग आयोजनाका आयोजना निर्देशक तथा सडक बिभागका वरिष्ठ इन्जिनियर हरिकुमार पोखरेलले आफ्नै घरमा घरायसी काम गर्दै आएकी युवतीलाई गरेको यौन दुव्र्यवहार ।

पीडित युवतीको भनाइ अनुसार,`मेरो घरायसी आर्थिक अबस्था नाजुक थियो।दिनमा डेढ घण्टा जति काम गर्ने सहमति अनुसार एक वर्षदेखी म काम गर्दै आएको थिए।मासिक ६ हजार रुपैयाँ पाउने सहमति अनुसार म सिनामंगलस्थित उहाँको घरमा काम गर्न पुगेको थिए।यसका साथै म अरु घरमा पनि पुछा लगाउने ,सफा गर्ने ,भाडा माझ्ने लगायत काम गर्छु।म उक्त पिडक पुरुषलाई अंकल भनेर नै सम्बोधन गर्थे र उहाँकि श्रीमतीलाई अंटि ।तर हाम्रो समाज यस्तो रहेछ कि गरिवलाई बाच्न पनि दिदोरहेन्छ।´

ऊनी माथि पहिलोपटक फागुन २७ गते दुर्व्यवहार भयो।त्यसलगत्तै उनी काम गर्न जान छोडिन्।त्यसको केही दिनमा नै पिडकको श्रीमतीले फोन गर्दै किन काम गर्न नआएको भन्दै बोलाएपछी उनी काममा जान थालिन् ।आर्थिक अबस्थाले गर्दा पनि काम नगरी बस्न सक्ने उनको स्थिति थिएन।काममा जन्ने बित्तिकै पिडक पुरुषले आफुबाट गल्ती भएको र यस्तो हर्कत हुँदैन भन्दै खुट्टा छोएर माफी मागे।

बैशाख १० गते फेरि उनले यस्तै हर्कत दोर्ह्याए।त्यसपछि युवती माथि मानसिक तनाब थपियो। उनले उक्त पिडककी श्रीमतीलाई यो घटना सुनाउने निर्णय गरिन् ।तर फेरि पनि पिडकले खुट्टा समाउदै भने,` तिमी छोरी जस्तै हो ।मेरो मति बिगृयो अब यस्तो कहिल्यै हुँदैन ।´तर असार ०८ गते फेरि यस्तै घटना दोहोरिन पुग्यो।यसपछि भने उनले दुव्र्यवहार सहेर नबस्ने निर्णय साथ प्रहरीमा उजुरी दिन पुगिन् ।

तर यसबीचमा प्रशासन देखि पिडक युवक देखि धेरै मान्छे बाट पैसामा मिल्न दवाव आइरहेको छ। तर उनी पैसाको लागि लडाइँ नभईकन आफुलाइ न्याय चाहिएको बताएकी छन् ।यसका साथै गुण्डाहरु समेत खटाएर आफुलाइ धम्की आउन थालेको उनी बताउछिन् ।प्रहरी कार्यलयले नि पहिला महत्त्वका साथ नलिएपनि हाल भने उनको उजुरी दर्ता भैसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै