Comments Add Comment

मेयरको टिमले गर्यो सुन्दरबजार अस्पतालमा निरीक्षण,के-के भएको छ सुधार ?

अस्पतालहरु सामान्यतया आफैंमा एक आशा बोकेर बिरामीहरु जाने ठाउँ हो। लमजुङ सुन्दरबजार वडा नम्बर ०७ मा अबस्थित सुन्दरबजार अस्पताल आम सुन्दरबजारवासीको मात्र नभइ राइनास,मध्यनेपाल र भानु लगायत नगरपालिकाहरुको आम नागरिकहरुको उपचार केन्द्र पनि हो।

केही समयअघि `सुन्दरबजार अस्पतालको बेजोग´भन्ने शिर्षकमा सगरमाथा दैनिक बाट नै समाचार प्रकाशन भएको थियो।नगरपालिकाले जति चासो दिनुपर्ने थियो त्यति चासो सरकारी अस्पताललाई नदिएको भन्ने गुनासो थियो।

तर हाल नगरपालिकाले सुन्दरबजार अस्पताललाई चासोका साथ महत्त्व दिनुको साथै आबश्यक जनशक्ति र सामग्री परिपुर्ति गर्दै गएको अस्पताल प्रशासन र कर्मचारीहरुले बताएका छन् ।

यसैगरी अस्पतालमा बिष्णु कुमार श्रेष्ठको नेतृत्वमा नयाँ ब्यवस्थापन समिति पनि गठन भएको छ।उनी आजकल अधिकाशं समय अस्पताल मै भेटिन्छन् ।जसले अस्पतालमा व्यापक सुधार ल्याउने भन्दै विभिन्न योजना अघि समेत बढाएका छन् ।

केही समय मात्र एकजना मात्र डाक्टर हुनुको साथै चिकित्सा क्षेत्रमा भएका प्राबिधिक हरु प्रशासन क्षेत्रमा काम गर्नुपर्ने अबस्था थियो।तर हाल २ जना डाक्टरको साथै आ-आफ्नो क्षेत्र अनुसार काम गर्नसक्ने वातावरण बनेको छ। अस्पताल लाई चौबीस घण्टा नै सेवा दिने गरि काम सुरु हुनेगरी योजना अघि बढिरहेको छ।

यस बर्षको असारमा मात्र यो अस्पतालमा एक हजार पचास जनाले सेवा लिएका छन् ।अति बिपन्न टिकट काट्न नै नसक्ने लगायत ब्यक्तिहरुलाई पनि टिकट नकाटी उपचार अघि बढाइएको छ।

यसैबीच सुन्दरबजार नगरपालिका प्रमुख कृष्णप्रसाद कोइरालाले नगरपालिकाको स्रोत अनुसार यस अस्पताललाई कुनै पनि प्रकारको सहयोग गर्न प्रतिबद्ध रहेको बताएका छन् ,`डाक्टर ल्याउन होस् या अन्य प्रकारका आबश्यक सामग्री होस् नगरपालिकाले सक्ने जति गर्छौ यसका साथै प्रदेशमा पनि लभिङ भैरहेको छ।हिजोको तपाईंहरुले देखाएको अस्पताल र आजको अस्पताल फरक छ।´उनले भने।

यस्तै सुनपा उपप्रमुख भवानी के.सी ले पनि अस्पतालमा आबश्यक कुराहरुमा ध्यान दिदै सुरुमा आबश्यक कुराहरु बाट अघि बढ्नुपर्ने बताइन् ।भएका सामग्रीलाई प्रयोगमा ल्याउन र भएका जनशक्तिलाई परिचालित गर्दै थप गर्न लाग्नु पर्ने बताएकी छन् ।यसैगरी पोष्टमार्टमको लागि भनेर गरिएको ब्यबस्था समेत छिट्टै सुचारु गर्नुपर्ने बताइन् ।

यसैगरी अस्पताल ब्यबस्थापन समितिका अध्यक्षले पनि आफू आएपछी सानामसिना काम हुँदै ठुला कामहरु मार्फत सरकारी अस्पताल प्रतिको नकारात्मक अबस्थालाइ चिर्दै अघि बढेको बताएका छन् ।

केही समय अघि सम्म अस्पतालमा आबश्यक ब्यक्तिहरुलाई फोन गर्न समेत अस्पतालमा फोन उपलब्ध थिएन।पिउने स्वच्छ पानीको समेत ब्यबस्थापन थिएन।यति मात्रै नभइ अस्पतालको बोर्ड समेत नबुझिने अबस्थामा थियो।
अस्पतालमा प्रयोग हुने कपडा हरु धुनको लागि समेत आबश्यक सामग्री थिएन तर हाल यी समस्याहरु हटेका छन् ।यसका साथै अबको केही दिनमा नै अस्पताल चौबीस घण्टा नै संचालन हुने गरि काम अघि बढेको छ।एकजना डाक्टर थप गरेतापनि अन्य जनशक्ति समेत थप गर्ने गरि काम अघि बढाइसकिएको छ।

यसैगरी अस्पतालका डाक्टर तथा सुपरिटेन्डेन्ट डा.होमनाथ गुरुङले पनि अस्पताल सुधारोन्मुख अबस्थामा गएको बताएका छन् ।उनले भने,`अस्पतालमा धेरै सुधार आएको छ।हिजोको अबस्थामा अस्पतालको दुर्दशा थियो। आज सुधार आएको छ।आगामी दिनमा के हुन्छ भन्ने बारे हामी सबै मिलेर लाग्नुपर्छ।समस्या आए त्यसलाई फेरि बाहिर ल्याउने कुरा त बाकी नै रहन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै