Comments Add Comment

श्रमदान बाट नै आयो हाडेँटार नहरमा पानी,नागरिकमा खुशीयाली

सुन्दरबजार नगरपालिका वडा न.०२ मा रहेको हाडेँटार सिँचाइ योजना बिगत दुई बर्ष देखि संचालनमा आउन सकेको थिएन ।बाढी र पहिरोले गर्दा क्षतविक्षत बनेको उक्त सिँचाइ आज बाट संचालनमा आएको छ।


कोइरालाफाटमा मुहान रहेको यस सिचाइको लम्बाइ ७.५ किलोमीटर रहेको छ।यस नहर बाट करिव २२० हेक्टर जमिन सिचाइ हुँदै आएको छ।


प्राबिधिकहरुले अन्दाजी ५ करोड खर्च र ५ बर्ष अनुमानित समय लाग्ने भनिएतापनि यस नहर सुन्दरबजार नगरपालिका बाट १० लाख र वडा बाट केही रकम गरि काम पूरा गर्दै नहरमा पानी चलाइएको हो। १३६० जनाको करिव ६० दिनको श्रमदान बाट नहरमा पानी चलेको हो।

यसैबीच उत्पादन नगरपालिकाको पहिलो प्राथमिकता भएको हुनाले नहरमा समस्या आउनेबित्तिकै आफुले पहल लिएर काम सुरु गरेको र आज सफल भएको सुन्दरबजार नगरपालिकाका मेयर कृष्णप्रसाद कोइरालाले बताएका थिए।



यसका साथै सुन्दरबजार नगरपालिका वडा न ०२ का वडाध्यक्ष नवीन कुमार श्रेष्ठले विभिन्न चुनौतीका बाबजुद पनि आम सर्बसाधरणको श्रमदान बाट नहर संचालनमा आएको बताएका छन् ।उनले भने,`आम नागरिकको सेवा गर्न वडाध्यक्ष भएको हु।आज तपाईंहरु सामु गरेको वाचा पूरा गरेको छु ।आज बाट नहरमा पानी झरेको छ।



पूरा भिडियो हेर्न तलको लिंन्कमा क्लिक गर्नुस:





यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै