Comments Add Comment

सु.न.पा वडा न.०२ बाटो अलपत्र:दोषी जनप्रतिनिधि कि ठेकदार?

सुन्दरबजार नगरपालिका वडा न.०२ मा बुढीकुँवा देखि हनुमानचोक सम्मको बाटो कालोपत्रे हुनुपर्ने ठाउँमा अलपत्र परेको छ।
करिव ४५० मिटर रहेको उक्त बाटो ३ बर्ष अगाडी नै सप्पन्न हुनुपर्नेमा अहिलेसम्म सप्पन्न हुन सकेको छैन ।

उक्त ठेक्का बिर्खे गुरुङले लिएका थिए।उनी मार्फत नै उनका सहयोगी भनिएका मिलन गुरुङ केही समय आफ्नै जिम्मामा रहेको भन्दै काममा देखिएका थिए।त्यसपछि लामो समय बाटो अलपत्र अबस्थामा रह्यो ।लगत्तै केही समय अघि मात्र बिर्खे गुरुङ आफैं उपस्थित भएर स्थानीय संग मजदुरलाई दिनुपर्ने रकम उपलब्ध गराउने र काम सप्पन्न गर्ने सहमति भयो।

सहमति भएको २० दिन भैसक्दा पनि बाटोमा नै गिटि छरिएर बाइक गाडी सम्म हिड्न नसक्ने अबस्था बनाएर उनले काम रोकेका छन् । ४५० मिटर बाटो कालोपत्रे हुन ३ बर्ष लाग्नु लज्जास्पद र लापरबाही हो।
यस बिषयमा कुरा गर्दा वडाध्यक्ष नवीन कुमार श्रेष्ठले बारम्बार ताकेता गरिरहेको र पनि काम अलपत्र पारेको बताएका छन् ।स्थानीय नै राखेर रोबरमा सहमति गरिएको र उक्त सहमति पालना नगरे जनताको आक्रोश उनी आफैंले थेग्न पर्ने बताउँछन् ।
हामीले आज उक्त बिषयमा भिडियो रिपोर्ट बनाएका छौ ।भिडियो हेर्न तलको लिंन्कमा क्लिक गर्नुस:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै