Comments Add Comment

वृक्षारोपण र बिरुवा बितरण गर्दै मनाए वडाध्यक्षले जन्मदिन

सुन्दरबजार नगरपालिका वडा न.२ का वडाध्यक्ष नवीन कुमार श्रेष्ठले बिरुवा रोप्दै आफ्नो जन्मदिन मनाएका छन् । जामुने स्थान टोलमा करिव २५३ वटा बिरुवा बितरण गर्दै उक्त बिरुवाहरु उक्त टोलका सबै घरमा रोपिएको छ।

अमला,बढहर,तेजपत्ता,खनायो,आँप ,लिची लगायतका बिरुवाहरु बितरण संगै रोप्ने काम गरिएको हो।

उक्त कार्यक्रममा बोल्दै वडाध्यक्ष नवीन कुमार श्रेष्ठले बाताबरण जोगाउन र दैनिक जिवनमा काम लाग्ने बिरुवा रोपेको बताए।यसको साथै जन्मदिन मनाउन कुनै पार्टीप्यालेस जाने बियर खाने केक काट्ने गर्नुको सट्टा यसरी पनि जन्मदिन मनाउन सकिन्छ भन्ने सन्देशको साथ बिरुवा बितरण र बृक्षारोपण गरेको बताएका छन् ।





यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै