Comments Add Comment

अनेरास्ववियु जिल्ला कमिटिले ल्यायो: म सांसद भए भने…

अनेरास्ववियु जिल्ला कमिटी लमजुङले म सांसद भए भने भन्ने शिर्षकमा कार्यक्रम आयोजना गरेको छ।
लमजुङको नीति तथा पुर्वाधार विकास निर्माणको सवाललाई लिएर विद्यार्थीहरुले कस्तो धारणा व्यक्त गर्छन् भन्ने कुरालाई मध्यनजर गर्दै कार्यक्रमको आयोजना गरिएको अनेरास्ववियु लमजुङ जिल्ला कमिटी सदस्य निक्षेप कार्कीले जानकारी दिनुभयो ।

प्रतियोगितामा भाग लिन दुई मिनेटको भिडियो बनाएर साउन पाँच गते सम्ममा आयोजकले तोकेका भाइबर तथा ह्वाटसप नम्बरमा पठाउनु पर्ने छ ।

प्रतियोगिताको विजेताले पाँच हजार प्राप्त गर्ने छ भने द्वितिय हुनेले तीन हजार र तृतिय हुनेले दुईहजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

विजेताहरुलाई पुष्पलाल स्मृति दिवसकाे अवसरमा पुरस्कृत गरिने समेत आयाेजकले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै