Comments Add Comment

सुन्दरबजार नगरपालिका भित्र भ्रष्टाचार विरुद्धको अभियान शसक्त बन्दै

लमजुङ सुन्दरबजार नगरपालिकामा भ्रष्टाचार निवारण अभियान संचालन गर्नका लागि गठन भएको संयोजन समितिले आजबाट पुर्णता पाएको छ।सुन्दरबजार नगरपालिका भित्र हुँदै आएको वडादेखी नगरपालिकासम्मको नितिगत सहित अन्य कुनै पनि खालका भ्रष्टाचारजन्य क्रियाकलाप रोक्नको लागि यस समिति निरन्तर लाग्ने बताइएको छ।

केहि समयअघि सुरेन्द्र श्रेष्ठको संयोजकत्वमा समिति गठन गरिएको थियो आजमात्रै उक्त समितीलाई पुर्णता दिदै
अध्यक्षमा रामचन्द्र अधिकारी ,उपाध्यक्षमा सुरेन्द्र लाल श्रेष्ठ र भरतराज सेढाई ,सचिवमा ज्ञानेन्द्र शर्मा ,सहसचिवमा बिष्णु खड्का ,कोषाध्यक्षमा पार्वती खनिया र यसैगरी सदस्यमा पार्वती वाग्ले,सन्तोषी गौली ,प्रधुम्न सापकोटा ,नारायण थापा,नारायण शाही ,बिजय सेढाई ,रामहरि भट्टराई ,निजेन्द्र श्रेष्ठ र दिपेन्द्र कार्की रहेका छन् ।

यससंगै आजकै दिनबाट विभिन्न रुपमा कार्यबिभाजन गरि समितिले काम बाडफाड गरेको छ।जसले सुशासनयुक्त नगरपालिका र भ्रष्टाचार विरुद्धको जनशक्ति तयार पार्ने छ।यसका साथै मध्यपहाडी लोकमार्ग सम्बन्धमा अनियमितता भएको ठहर गर्दै सडक डिभिजन कार्यलय पालुङ्टारमा जाने निर्णय समेत गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै