Comments Add Comment

सुन्दरबजार रामजानकी मन्दिरमा चलिरहेछ नियमित योग

सुन्दरबजार नगरपालिका वडा न.०७ मेनबजार स्थित रामजानकी मन्दिर आफैंमा एउटा पर्यटन तथा धार्मिक महत्त्व बोकेको पवित्र स्थल हो।जहाँ विभिन्न समयमा धार्मिक तथा आध्यात्मिक जागरण सम्बन्धी विविध कार्यक्रम संचालन हुँदै आइरहेका छन् ।यस रामजानकी मन्दिरको सभाहलमा करिव बिगत एकबर्ष देखि निरन्तर रुपमा योग तथा साधना सम्बन्धी योगिक अभ्यास संचालन भैरहेको छ


।योग आफैंमा मानव मस्तिष्क मन र शरीर बीच सहि रुपमा जोड्ने प्रक्रिया हो जसको ब्यख्या हाम्रो धर्मशास्त्र देखि तपस्वीहरुले गरेका छन् ।करिव दैनिक रुपमा ३० देखि ३५ जना योग साधकहरुले निरन्तर योगिक अभ्यास गर्दै आइरहेका छन्।तसर्थ रामजानकी मन्दिरलाई धार्मिक र आध्यात्मिक महत्वका साथै योग केन्द्रको रुपमा पनि अघि बढाउन खोजिएको छ।तर योगाभ्यासको लागि भौतिक संरचनाको हिसाबले पर्याप्त हुन सकेको छैन ।


योगाभ्यास गर्दै आइरहेको भवनमा टिनको छानो भएकाले जाडोमा अति जाडो गर्मीमा अति गर्मी भएकाले साधना गर्दै आएका साधकले दुख खेप्नु परेको छ।यसका साथै उक्त भवनको दुईपट्टि नै खुला भएकाले वर्खाको समयमा भित्रै पानी पस्ने तथा वाछिटाले गर्दा योग साधना गर्न कठिनाइ हुँदै आएको छ।दैनिक योग अभ्यास गर्ने ३०-३५ जना भएतापनि उक्त हलको क्षमता भने २५ जनाको मात्रै रहेको छ।

यसले गर्दा खुला रुपमा गर्नुपर्ने योगाभ्यासको लागि समेत कठिनाइ हुँदै आएको छ।

योग साधना गर्ने क्षेत्र नाफामुलक नभईकन आम नागरिकको स्वास्थ्य संग जोडिएको क्षेत्र हो।यसको सरंक्षण र बिकास गर्ने जिम्मा आम नागरिकको साथै स्थानीय सरकारको पनि हो।तर नगरपालिकाले हालसम्म भुइँमा बिच्छ्याउने कार्पेट मात्र ब्यबस्था गरेको छ।योग अभ्यास संचालन समितिको तर्फबाट सुन्दरबजार नगरपालिकामा प्रस्तावना समेत बुझाइसकेको छ।तर नगरपालिकाले आश्वासन दिएतापनि ठोस रुपमा काम अघि बढाएको छैन ।

आगामी दिनमा पनि यस योगभ्यासलाई निरन्तरता तथा बिस्तार गरेर आरोग्य नागरिक निर्माण गर्न बेलैमा ध्यान दिन र पहल गर्न आबश्यक देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै