Comments Add Comment

संस्कृत किताब जलाएर अहिले फेरि प्रचण्ड पहेलो बस्त्र लगाएर हिंड्छन् :मेयर कोइराला

सुन्दरबजार नगरपालिका वडा नम्बर ०७ मा रहेको राम जानकी मन्दिर योग केन्द्रमा नवौं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा योग कार्यक्रम संचालन गरिएको छ।

`मानवताका लागि योग´ भन्ने नाराका साथ सुन्दरबजार नगरपालिका आयुर्वेद शाखाले उक्त कार्यक्रम संचालन गरेको थियो।
यसैबीच सुन्दरबजार नगरपालिकाका मेयर तथा उक्त योग कार्यक्रमको अध्यक्षता ग्रहण गर्नुभएका कृष्णप्रसाद कोइरालाले ध्यान र योगलाई दैनिक अभ्यासकै रुपमा जोड्नुपर्ने बताउनुभएको थियो।यसका साथै हाम्रा हिन्दु धर्मशास्त्र भित्र योग र ध्यानको अथाह सागर रहेकाले यसलाई दैनिक जीवनमा उतार्नुपर्ने बताउनुभएको थियो।उहाँले भन्नुभयो ,`हाम्रो धर्मशास्त्र भित्र ध्यान योग र संस्कृतको विराट रुप छ।हिजो प्रचण्डहरुले क्रान्ति भन्दै संस्कृत माथि हमला गर्नुभयो ।आज उहाँनै पुजा गर्दै हिड्नुभएको छ।यसले गर्दा पनि हामीले बेलैमा महत्त्व बुझ्नुपर्छ ।´

यसैगरी सुन्दरबजार नगरपालिकाका प्रशासकीय अधिकृत रहनुभएका शिशिर पौडेलले भौतिक जीवनको भागदौड संगै योगलाई समेत जोडेर लान सकेमा शान्ति प्राप्त हुने बताउनुभएको थियो।उहाँले भन्नू भयो `भौतिक दुखका विभिन्न कारण छन् ती मध्य केही कारण यस्ता छन् जसलाई हामी अध्यात्मिक चेत र योग बाट निरुपण गर्न सक्छौं ।´













यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै