Comments Add Comment

सुनपा वडा न. ०२:पाटीमा टेलिभिजन ,बृद्धहरुलाई मन टहलाउन सजिलो!

बुढ्यौली उमेर आफैंमा समस्या त होईन ।हरेक उमेरका आफ्नै- आफ्नै अनुभव र चुनौती छन् ।यद्यपि बुढ्यौली संगै मानसिक ,शारीरिक ,पारिवारिक र मनोबैज्ञानिक समस्या बढ्दै जान्छ।यो उमेरमा सामाजिक ,पारिवारिक र मनोबैज्ञानिक रुपमा उचित बाताबरणको आबश्यकता पर्छ।

यसै कुरालाई मध्यनजर गर्दै सुन्दरबजार नगरपालिका वडा न.०२ देउराली टोलमा अवस्थित पाटीमा केही समय अघि देखि टेलिभिजन जडान गरिएको छ।जसले गर्दा बृद्धहरुलाई मन भुलाउन र दिन कटाउन सजिलो भएको छ।

एक बृद्ध भन्छन् ,`काम गर्न टाढा जान सकिदैन ।पाटीमा आयो ।आफ्नै उमेरका मान्छे आउछन् ।टि.भि छ। हेर्छौ कहिले गित सुन्छौ।कहिले राजनीतिक कुरा सुन्छौ।एक-अर्काका समस्या सुनाउँछौ।मन टहलाउन र देशमा के भैरहेको छ भनेर बुझ्न सजिलो भएको छ।वडाको यो कामलाई धन्यवाद दिनुपर्छ।´


यसैगरी सुन्दरबजार नगरपालिका वडा न.०२ का वडाध्यक्ष नवीन कुमार श्रेष्ठले बुढेसकालमा पुगिसकेका मान्छेहरु पनि अन्य मान्छे जस्तै हुन् उहाँहरुलाई पनि मनोरञ्जन र उचित सामाजिक बाताबरण चाहिन्छ भनेर केही समय अघि देखि टेलिभिजन जडान गरिएको बताए।

उनले भने,`आज हामी एकछिन मोबाइल भएन भने के गर्ने होला जस्तो हुन्छ। दिनभर पाटीमा रहने आमाबुबाहरुले पनि एउटा चेतनामुलक कुराहरु बुझ्न सजिलो होस् ।सबै कुरा बिर्सेर केही समय भएपनि देशको हालको अबस्था बुझ्न सजिलो होस्।मनोरंजन होस् र यसका साथै मन भुलाउन सजिलो होस् भन्ने कुरालाई ध्यानमा राखेर यस्तो गरिएको हो।´


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै