Comments Add Comment

राणाशासन,लैगिंक र जातीय छुवाछूत विरुद्ध आगो ओकल्ने त्यो `हलो क्रान्ति ´

क्रान्ति शव्द आफैंमा गर्भिलो शब्द हो।क्रान्तिका आ-आफनै लय छन् ।कतिपय क्रान्ति रक्तपात युद्ध हुन पुग्छ भने कतिपय क्रान्ति रक्तपात बिनाका हुने गर्छन् ।आज भन्दा भोलिको समाज परिवर्तन होस् भन्ने रहर क्रान्तिमा अबश्य हुन्छ यसका साथसाथै त्यसबखतको बस्तुस्थिति , ब्यक्ति र समाजको चेतना स्तर समेत क्रान्तिमा प्रस्फुटित हुने गर्छ।

यस्तै क्रान्ति मध्यको एक क्रान्ति हो `हलो क्रान्ति ´।एक जमना यस्तो थियो जहाँ बाहुनले हलो जोत्नु हुँदैन भन्ने सोचाइ रहेको थियो।यहि सोचाइलाई तत्कालीन राणाशासनले नै आफ्नो कानुन मानेको थियो।अहिले सामान्य लाग्ने भएतापनि यस घटनालाई इतिहासको आँखा बाट हेर्न सक्यौ भने यो सामान्य क्रान्ति थिएन।

सुन्दरबजार नगरपालिका दुराडाँडा- ४ बाँटेगरामा विसं २००६ साउन ११ गते बाहुनहरुले सामुहिक रुपमा हलो जोतेका थिए । तत्कालीन राणा शासनको अन्त्य र जातीय ब्यवस्था विरुद्ध बिद्रोह गर्दै पंण्डित तोयानाथ अधिकारीको अगुवाइमा लेफ्टिनेन्ट शेषकान्त अधिकारी, मुखिया हरिभक्त पौडेल, मायानाथ पौडेल, श्रीकान्त अधिकारी लगायत २७ जनाले पहिलो पटक हलो जोतेर क्रान्तिको सन्देश दिएका थिए ।


तत्कालीन समयमा यो घटनाले नेपाल भर नै खैलाबैला मच्यायो।शेषकान्त र तोयनाथ लाई गिरफ्तार गर्दै एकाएक पोखरा पुर्याइयो । तत्कालीन श्री ३ मोहनशमशेरले राजद्रोही काम गरेको भन्दै हलो जोत्ने बाहुनलाई पक्राउ गर्न उर्दी जारी समेत भयो।यस्तो उर्दी लगत्तै कुनै शास्त्रमा बाहुनले हलो जोत्न हुँदैन भन्ने लेखेको भए देखाउन भन्दै शेषकान्तले चुनौती दिए।

यसका साथै उनी जेलभित्रनै अनशन बसेपछि रिहा भए। कुनै जात बिशेषले मात्र हलो जोत्न पर्नु भनेको समाज जातीय रुपमा बिभाजनमा जाने र बिस्तारै उत्पादनमा नै समस्यामा जाने उनको मत थितो।

हलो जोत्नेलाई घर निकाला गरियो।बिहेवारी रोकियो यसका साथै दलितले समातेको अनौ समातेको भन्दै तत्कालीन समयमा हलो जोत्नेहरुले छोएको खाना छोडियो ।आवातजावत बन्द भयो। हलो जोत्दा हेर्न जानेलाई समेत तल्लो स्तरको व्यबहार गरियो।

यस क्रान्ति बिस्तारै कास्की ,धादिङ,गोरखा,तनहुँ हुँदै देशभर फैलियो।हाल `हलो क्रान्ति नेपाल तथा तोयनाथ स्मृति प्रतिष्ठान बनाएर उक्त क्रान्तिलाई भावी पुस्ताको लागि समेत जिवित राख्ने काम गरिएको छ।´ प्रतिष्ठानले उक्त हलो जोतेको क्षेत्रमा शालिक निर्माण साथै पर्यटकीय स्थल र हलो क्रान्तिलाई नेपाल सरकारले नै राष्ट्रिय दिवसको रुपमा मनाउनु पर्ने पहल गर्दै छ।उक्त क्षेत्र स्व.तोयनाथ अधिकारीको परिवारले प्रतिष्ठानको नाममा नै गरिदिएको छ।

तत्कालीन समयमा भएको यो क्रान्तिले जति महत्त्व पाउन पर्थ्यो त्यति महत्त्व भने पाउन नसकेको दुराडाँडाबासीको गुनासो छ। क्रान्तिका नायक एउटा क्षेत्रको मात्रै नभइ देशकै भएको कारणले उक्त क्षेत्रलाई पर्यटकीय क्षेत्रको साथै तत्कालीन हलो क्रान्तिका नायकलाई राष्ट्रिय बिभुति घोषणा गर्न पर्ने दुराडाँडाबासी बताउछन् ।

यसैगरी तोयनाथ स्मृति प्रतिष्ठानको पाचौं औँ अधिबेशन तथा बिचार गोष्ठी कार्यक्रम सम्पन्न भएको छ।इतिहासको संरक्षण र बिकासको लागि गठित उक्त प्रतिष्ठानले आगामी योजना बनाउदै कार्यक्रम सप्पन्न गरेको छ।

तोयनाथ स्मृति प्रतिष्ठानको पाचौं औ अधिबेशन तथा बिचार गोष्ठी कार्यक्रममा नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले त्यसबेलाको यो क्रान्तिले समाजमा व्यापक चेतना ल्याएको बताएका छन् ।उनले भने,`राणाशासनमा बिद्रोह गरेर गरेको क्रान्ति सामान्य होईन । यो क्रान्तिलाई देशले चिन्नुपर्छ।राष्ट्रिय बिभुति घोषणा गरिनुपर्छ भन्ने कुरामा म एक्यवद्धता जनाउनुको साथै सरकारसंग पहल गर्छु।´

यसका साथै नेकपा एकीकृत समाजवादीका लमजुङ जिल्ला अध्यक्ष रामबाबु आधिकारीले पनि आफ्नो पार्टी सरकारमा रहेको र राष्ट्रिय बिभुति घोषणा गर्न पहल गर्ने बताएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै