Comments Add Comment

टोपबहादुर निकटहरुको प्रचण्डसंग हारगुहार,बादल पनि तानिदै

मानव तस्करीकै दर्जा दिइएको भुटानी शरणार्थी काण्डले नेपाली राजनीति तातिएको छ।हाइ प्रोफाइल मान्दै आएका केही नेताहरूनै पक्राउ पुर्जीमा परेपछि यो घटना सामान्य नरहेको बताइएको छ।

यससंगै अझै कति हाइप्रोफाइल तानिने हुन् भन्ने बारे जानकारी छैन । पक्राउ पुर्जी जारी गरेपछि टोपबहादुर रायमाझी भने मोबाईल नै स्विच अफ गरेर फरार छन् ।दोषी नै नभएको भए उनी फरार हुनुपर्ने अबस्था आउने थिएन भन्ने कुरा उनकै व्यबहारले समेत पुष्टि गरेको छ।

यता टोपबहादुर रायमाझी निकट मानिएका केही नेताहरू भने माओवादी केन्द्रका दोस्रो तहका नेताहरूसंग जसरी भएपनि जोगाउन पर्ने भन्दै संवादमा जुटेका छन् ।एक माओवादी केन्द्रका नेता भन्छन् ,`पुराना सहकर्मी भएको नाताले फोन आउनु र कुरा हुनु सामन्य हो तर माओवादीको लागि काम गरेर देखाउने यो अन्तिम अवसर हो।त्यसले गर्दा पनि कसलाई बचाउने कसलाई फसाउने भन्ने कुरा छैन ।यो जिम्मा प्रहरिको हो।´

यसैगरी बिस्तारै बाताबरण बनाएर माओवादीमै फर्किने सम्मको कुरा रायमाझी निकटले बताएका छन् ।तर माओवादी केन्द्रका नेताहरुले भने गल्ती गरे सजाय भोग्न तयार हुनुपर्ने र कुनै अमुक ब्यक्ति पार्टीमा फर्किन्छ भन्दैमा तस्कर गर्नेलाई प्रोत्साहन नगर्ने बताएका छन् ।

यता पुर्वगृहमन्त्री रामबहादुर थापा समेत अनुसन्धानमा तानिने स्थिति देखिएको छ।यस घटनामा उनी पनि सामेल भएको हुन सक्ने आन्तरिक स्रोतले बताएको छ।

बुधबार अर्घाखाँचीबाट काठमाडौं जान भन्दै हिँडेका रायमाझी राति ९ बजेपछि सम्पर्कविहीन बनेका थिए । उनका छोरा सन्दीप रायमाझीलाई भने प्रहरीले पक्राउ गरेर अदालतमा पेश गरिसकेको छ । राति ९ बजे भैरहवाबाट काठमाडौं जाने टिकट काटेका टोपबहादुरलाई भने प्रहरीकै संलग्नतामा भगाइएको बुझिएको छ ।

पूर्वउपप्रधानमन्त्री समेत रहेका रायमाझी सुरक्षा घेरामै हुने गर्छन् ।

यता नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलिले समेत फसाउन खोजिएको होकि भन्ने आंशका बढेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै