Comments Add Comment

आत्महत्या रोकथाम सम्बन्धी दुई दिने कार्यक्रम भव्यताका साथ सप्पन्न

सुन्दरबजार नगरपालिका वडा नम्बर ०१ को आयोजनामा मनोसामाजिक सु-स्वास्थ्य तथा आत्महत्या रोकथाम सम्बन्धी दुई दिने गेट किपर तालिम सप्पन्न भएको छ।

राष्ट्रिय मानसिक स्वास्थ्य स्वालम्बन संगठन `कोशिश´को प्राबिधिक सहयोगमा सुन्दरबजार नगरपालिका वडा नम्बर ०१ ले उक्त कार्यक्रम आयोजना गरेको थियो।कार्यक्रम २०७९ साल ०१ र ०२ गते संचालन भएको थियो।कार्यक्रमको नारा भने `आत्महत्या रोकथाममा सबैको सहकार्य´ भन्ने रहेको थियो।

कार्यक्रममा कोशिश संस्था बाट मनोबिद् बिजय राई ,अभियान तथा पैरवी अधिकृत नविना आचार्य र मनोसामजिक कार्यकर्ता इन्द्र प्रसाद सेढाई मार्फत कार्यक्रम संचालनको साथै परामर्श दिइएको थियो।

उक्त कार्यक्रममा ५३ जना उपस्थित रहेका थिए।११ वटा वडाका वडा संयोजक ,१८ टोलका आमा समूह प्रमुख ,प्रहरी इन्चार्ज ,विभिन्न संस्थाका प्रमुख ,बिधालयका प्रतिनिधि र विभिन्न समयमा आत्महत्याको प्रयास गरेका ब्यक्ति लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा उपस्थिति जनाएका ब्यक्तिहरुले यस्तो खालको कार्यक्रममा पहिलो चोटि सहभागीता जनाएको र यसले साच्चिकै हाम्रो दैनिक जीवनमा परिरहेको मानसिक समस्यालाई समाधान गर्न उपयुक्त भएको प्रतिक्रिया दिएका थिए।

कार्यक्रममा बोल्दै वडा नम्बर ०१ का वडाध्यक्ष तथा कार्यक्रमको अध्यक्षता ग्रहण गरेका कर्ण बहादुर गुरुङले हाल मानसिक समस्या बढ्दो अबस्थामा रहेको र यसले आगामी दिनमा कुनै दुर्घटना नहोस् भनेर यस्तो खालको कार्यक्रमको आयोजना गर्नुपरेको प्रतिक्रिया दिएका थिए।

उनले भने,`अहिले मानसिक समस्या बढ्दो छ ।कुनै घटना घटिसकेपछी त्यसलाई सामान्य रुपमा कसरी लिने भन्ने बारे राम्रो ज्ञान प्राप्त भएको छ ।यसका साथै यहाँ सिकेका कुराहरुलाई पनि टोलटोलमा मानसिक समस्या बाट कसरी बच्ने भन्ने बारे बहस गर्नुहुनेछ भन्ने अपेक्षा राखेको छु।´

यसैगरी कार्यक्रममा उपस्थित सु.न.पा ०१ का वडा सदस्य निलकण्ठ अधिकारीले पुरुष भन्दा पनि महिलामा बढी मानसिक समस्या देखिएको बताएका थिए।

उनले भने `घर बाट बाहिर निस्किन हुन्न भन्ने सोचाइका कारण पुरुषमा भन्दा महिलामा बढी समस्या देखिएको छ।यसलाई न्यूनीकरण गर्नुपर्छ ।हाम्रै वडामा पनि आत्महत्या गर्नेको संख्या बढ्दो छ।´

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै