Comments Add Comment

लमजुङ स्ववियु निर्वाचन:ने.वि संघ र अखिल क्रान्तिकारीको संयुक्त प्यानल

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) आफैँमा विद्यार्थी हकहित र अधिकारका खातिर आवाज उठाउने पवित्र उद्देश्यप्रेरित संगठन हो । शिक्षामा विद्यमान विकृति, विसङ्गतिविरूद्ध र गुणस्तरीय शिक्षाका निम्ति एकाकार भई लाग्ने संगठित स्वरुप हो स्ववियु । आधिकारिकरुपमै सम्बन्धित क्याम्पसको समग्र विद्यार्थीको प्रतिनिधि पनि हो स्ववियु, जसबाट विद्यार्थी र निज क्याम्पसको समस्या मुखरित हुन्छ । यसर्थ, स्ववियु आफैँमा अत्यावश्यक माग हो ।

तर विद्यार्थी संगठन विद्यार्थीको हकहितको लागि नभइ पार्टीको ढालको रुपमा अघि सर्दा यसको औचित्य माथिनै प्रश्न समेत उठ्न थालेको छ।अध्यनलाई नै असर पुर्याउने गरि कलेज भित्र राजनीतिक गतिविधिहरु संचालन हुन थालेका छन् ।

यसैबीच लमजुङका क्याम्पसहरुमा पनि नेपाली काङ्ग्रेस निकट विद्यार्थी संगठन ने.वि संघ र नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी )बीच स्ववियु चुनावमा सयुंक्त प्यानलको घोँषणा भएको छ।

नेपाल विद्यार्थी संघ लमजुङका अध्यक्ष दिपक अधिकारी र अखिल (क्रान्तिकारी) लमजुङका अध्यक्ष संकल्प न्यौपानेले एक संयुक्त प्रेस बिज्ञाप्ति जारी गरेका छन् ।उक्त बिज्ञाप्तिमा भनिएको छ,`जिल्लाको विभिन्न क्याम्पसमा अध्यनरत विद्यार्थी साथीहरूलाई परिवर्तनको पक्षमा उभिएर ने.वि संघ र अखिल (क्रान्तिकारी)को सयुंक्त प्यानललाई मतदान गरि बिजय गरिदिनुहुन आग्रह गरिन्छ!´

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै