Comments Add Comment

सुन्दरबजार न.पा, वडा न.०२ मा नि:शुल्क स्वास्थ्य शिविर संचालन हुँदै

सुन्दरबजार नगरपालिका वडा न.०२ मा नि:शुल्क स्वास्थ्य शिविर संचालन हुने भएको छ।उक्त शिविर सुन्दरबजार नगरपालिका वडा नम्बर ०२ र HDCS नमुना सामुदायिक अस्पतालको सामुदायिक अस्पतालको सयुंक्त आयोजनामा हुन लागेको हो।

२०७९ साल चैत ०७ गते एकदिन बिहान ९:०० बजेबाट बेलुका ४:०० बजेसम्म शिविर संचालन हुने वडा नम्बर ०२ का वडाध्यक्ष नवीन कुमार श्रेष्ठले जानकारी दिएका छन् ।

यसैगरी शिविरमा स्त्री रोग सम्बन्धी विशेषज्ञ सेवा,सामान्य स्वास्थ्य परिक्षण ,दन्त स्वास्थ्य परिक्षण,छाला रोग सम्बन्धी परिक्षण,भिडियो एक्सरे सेवा,मानसिक समस्या भएकालाई मनोविमर्श,प्यालेटिभ केयर सम्बन्धी परामर्श तथा जानकारी र महिलाहरुको लागि लामो अबधिको परिवार नियोजनको अस्थायी साधन सेवा लगायत सेवाहरु उपलब्ध हुनेछन् ।

उक्त स्वास्थ्य शिविर भने परेवाडाँडा स्वास्थ्यचौकीमा संचालन हुनेछ ।यस्तै स्वास्थ्य शिविरमा सहयोग भने सुन्दरबजार नगरपालिका स्वास्थ्य शाखा र परेवाडाँडा स्वास्थ्यचौकीको रहेको छ।

आम नागरिकमा स्वास्थ्य सेवा पुग्नुको साथै निशुल्क रुपमा आम नागरिकलाई सेवा दिनको लागि यस शिविरको आयोजना गरेको वडाध्यक्ष नवीन कुमार श्रेष्ठले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै