Comments Add Comment

नेपालले यूएईलाई दियो २ सय ४९ रनको लक्ष्य

फागुन २८, २०७९ आइतबार
विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले यूएईलाई २ सय ४९ रनको लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ४९ ओभर २ बलमा २ सय ४८ रन बनाउँदा अलआउट भयो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ७७ रन बनाए । यस्तै आरिफ शेखले ४३, गुलसन झाले ३७ र दीपेन्द्रसिंह ऐरीले ३४ रन बनाए । बलिङतर्फ यूएईका आयन अफजल खान, जहूर खान, रोहन मुस्तफा र जवार फरिदले २र२ विकेट लिए ।

नेपाल, यूएई र पपुवा न्युगिनी ९पीएनजी० सम्मिलित यो शृङ्खला क्रिकेट लिग–२ को अन्तिम शृङ्खला हो ।

नेपालले यो शृङ्खलाको पहिलो खेलमा यूएईलाई ५२ रनले हराएको थियो । आजको खेल जितेमा नेपालको एकदिवसीय मान्यता कायम हुनेछ । नेपालले सोझै विश्व कप छनोट कायम गर्न भने योसहित ३ वटा खेल जित्नुपर्ने हुन्छ । नेपालले भोलि पीएनजीसँग र बिहीवार अन्तिम खेलमा यूएईसँग खेल्नेछ ।

लिग–२ तालिकामा नेपाल ३३ खेलमा ३४ अङ्कसहित तालिकाको पाँचौँ स्थानमा छ । यूएई ३३ खेलमा ३१ अङ्कसहित छैटौँ स्थानमा छ । १ खेल बढी खेलेको पीएनजी ११ अङ्कसहित तालिकाको पुछारमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै