Comments Add Comment

ओखलढुङ्गाबाट काठमाण्डौका लागि छुटेको बस सिन्धुलीमा दुर्घटना स् पाँच जनाको ज्यान गयो, २४ जना घाइते

फागुन २८, २०७९ आइतबार
ध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका–४ कुइभिरडाँडामा बस दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । २४ जना घाइते भएका छन् ।

ओखलढुङ्गाबाट काठमाण्डौका लागि छुटेको बा २ ख ६५९६ नम्बरको बस आज बिहान ‘ब्रेक’ फेल भएर दुर्घटना भएको हो । प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले दुर्घटनामा दुई जना महिला, दुई जना पुरुष र एक जना बालकको ज्यान गएको जानकारी दिनुभयो ।

घाइतेहरुलाई खुर्कोट अस्पतालमा उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक राजकुमार सिलवालले बताउनु भएको छ ।
दुर्घटनाको थप जानकारी आउन बाँकी रहेको उहाँले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै