Comments Add Comment

बन्दीपुरमा गाडी दुर्घटना हुँदा १२ जना घाइते

फागुन २८,

तनहुँको बन्दीपुरमा गाडी दुर्घटना हुँदा १२ जना घाइते भएका छन्।
शनिबार दिउँसो सवा ३ बजे बन्दीपुर गाउँपालिका(१ नाहालास्थित पृथ्वी राजमार्गमा दमौलीबाट डुम्रे जाँदै गरेको गाडी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मोहनबहादुर खाणले जानकारी दिए।

बाग्मति प्रदेश ०६(००१ ज ००१७ नं।को फोर्स गाडी अचानक अनियन्त्रित भएर भित्तामा ठोक्किएर दुर्घटना भएको हो।
दुर्घटना हुँदा १२ जना घाइते भएका हुन्।
घाइतेमध्ये चार जनालाई पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा पठाइएको छ। ७ जनालाई काठमाडौंस्थित ट्रमा अस्पतालमा पठाइएको हो।
चालक नवीन राईको तनहुँमै उपचार जारी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै