Comments Add Comment

नेविसंघबाट पाँच क्याम्पसमा स्ववियु सभापति निर्विरोध निर्वाचित

आइतबार, २८ फागुन

चैत ५ मा हुने स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा उम्मेदवारी दर्ता भएसँगै विभिन्न कलेजमा विद्यार्थी नेताहरू निर्विरोध निर्वाचित भइरहेका छन् । देशभरका विभिन्न पाँच क्याम्पसमा नेपाली कांग्रेसनिकट नेविसंघका स्ववियु सभापति निर्विरोध निर्वाचित भएको नेविसंघले जनाएको छ ।

नेविसंघका अनुसार पाँचथर बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा मुना नेपाली, प्युठान क्याम्पसको स्ववियु सभापतिमा हिमाल केसी, सिन्धुली बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा कृष्ण लामिछाने, त्रिभुवन आदर्स क्याम्पसको स्ववियु सभापतिमा सविन रेग्मी र मालुङ्गा बहुमुखी क्याम्पस स्याङ्जाको स्ववियु सभापति संजीवनी न्यौपाने निर्विरोध निर्वाचित भएका छन् ।
त्यसैगरी विभिन्न १६ वटा क्याम्पसमा अखिल क्रान्तिकारीको नेतृत्व निर्वाचित भएको बताइएको छ । स्ववियु निर्वाचनअन्तर्गत आज उम्मेदवारको नामावली उपर दाबी विरोध गर्ने कार्यक्रम रहेको छ । बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सो समय तोकिएको त्रिविले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै