Comments Add Comment

राइनस ५ विरौटामा पञ्चे बाजा प्रतियोगिता हुदै

लमजुङ्ग राइनास ५ विरौटा लमजुङ्गमा पञ्चे बाजा प्रतियोगिता हुने भएको छ । सफा रहौँ स्वस्थ बनौँ आफ्नो गाँउ आफैँ बनाऔँ । भन्ने मूल नाराका साथ राइनास नगरपालिका ०५ विरौटाको दलित मैत्री सामुदायिक भवनमा उक्त कार्यक्रम हुन लागेको हो । २०७९ फागुन २० गते बिहान ११.०० बजे दोस्रो बार्षिकोत्सवको अवसरमा उक्त कार्यक्रम गर्न लागिएको हो ।

यसैगरी सार्की, दमाई, कामी, गन्धर्व जातिको आफनो जातिगत पेशामा संलग्न व्यक्तिहरुलाई सम्मान समेत गरिन लागिरहेको हो ।

यसका साथै दलित जनप्रतितिधिलाई सम्मान,दलित अन्तर्गत रहेर विभिन्न क्षेत्र (सामाजिक संघ,संस्था, राजनैतिक क्षेत्र नेतृत्वदायी भूमिकामा रहुनुहुने, कर्मचारी सेना,प्रहरी,शिक्षक लगायतका व्यक्तित्वहरुलाई सम्मान कार्यक्रम धार्मिक क्षेत्रमा संलग्न व्यक्तिहरुलाई, सम्मान दलित समुदायको जातिगत पहिचान झल्किने उत्पादित सम्मानको प्रदर्शनि, साँगितिक कार्यक्रम तथा नृत्य प्रर्दशनी लगायत कार्यक्रमहरु कार्यक्रममा गायिका सरिता परियार गायकहरु दिपक परियार, प्रशान्त तामाङ, मनोज वि.क,राजकुमार वि.क र अनुज वोेगटी को साङगीतिक प्रस्तुति रहने छ ।

कार्यक्रमको प्रमूख अतिथि भने राइनास नगरपालिका प्रमुख खड्ग ब. गुरुङ रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै