Comments Add Comment

राष्ट्रपतिका उम्मेदवारद्धय पौडेल र नेम्वाङ मत माग्न व्यस्त स् आठ दलको प्रचार अभियान आजदेखि

फागुन १८, २०७९ बिहिबार
राष्ट्रपति पदका लागि उम्मेदवारद्धय नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र एमालेका सुवासचन्द्र नेम्वाङ आफ्नो पक्षमा मत माग्न व्यस्त हुनुभएको छ ।

पौडेल र नेम्वाङले संसद्मा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरूसँगको छलफल तीव्र पार्नुभएको हो ।

यही फागुन २५ गते हुने राष्ट्रपति चुनावका लागि पौडेल र नेम्वाङले गएको १३ गते मनोनयन दर्ता गर्नुभएको थियो ।नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा ९एकीकृत समाजवादी०, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले कांग्रेसका नेता पौडेललाई समर्थन गरेका छन् । आठ राजनीतिक दलको प्रचारप्रसार अभियान आजदेखि सुरु हुँदैछ ।

कांग्रेसका मुख्यसचिव एवम् राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद पौडेलले कांग्रेसको संयोजन र व्यवस्थापनमा काठमाण्डौमा आठ राजनीतिक दलका प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्यका लागि राष्ट्रपतिको चुनाव केन्द्रित अभिमुखीकरण राखिएको बताउनुभयो ।साथै फागुन २३ गतेसम्ममा प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभा सदस्यलाई काठमाण्डौमा उपस्थित हुन आठ वटै राजनीतिक दलले निर्देशन दिएका छन् । त्यसैगरी भोलि प्रदेश सभा सदस्यको भेला गर्ने आठ दलको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै