Comments Add Comment

यातायात मजदूरले बालाजुमा जलाए दुई वटा प्रहरी भ्यान

यातायात मजदूरले बालाजुमा जलाए दुई वटा प्रहरी भ्यान
जलाएपछि बालाजु क्षेत्र तनावग्रस्त भएको छ।

दुई पक्षबीच भएको झडपका क्रममा प्रहरी र केही मजदूर घाइते भएका छन्।

आक्रोशित भीडले प्रहरीका दुई वटा भ्यान जलाएको छ।

अहिले पनि व्यवसायी र मजदूरहरुले प्रहरीविरुद्ध प्रर्दशन जारी राखेका छन्। उनीहरुले सडकमै गाडी तेर्स्याएर सडक अवरुद्ध पारेका छन्।

ट्राफिक नियमविरुद्ध उनीहरु आन्दोलित भएका हुन्। पछिल्लो समय ट्राफिक जरिवाना बढाएको भन्दै उनीहरुले विरोध प्रदर्शन गरेका छन्।

काठमाडौंको बालाजु बाइपास क्षेत्र तनावग्रस्त बनेको छ । मजदुर कुटिएको विरोधमा यातायात व्यवसायीले सुरु गरेको प्रदर्शन हिंसात्मक बन्दै गएको छ ।

प्रदर्शनकारीले प्रहरीको भ्यानसमेत जलाइदिएका छन् । मजदुरमाथि भएको हातपातको विरोधमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले आज चक्रपथका विभिन्न खण्डमा सडकमै गाडी रोकेर प्रदर्शन गरेका छन् ।

यातायात खुलाउन प्रयास गरेको प्रहरी र यातायात मजदुरबीच झडप हुँदा चक्रपथको बालाजु बाइपास खण्डमा रणमैदानमा परिणत भएको छ ।

सडकमा टायर बालेर प्रदर्शन गरिएको छ भने प्रहरीमाथि मजदुरहरूले इँटा र ढुंगा प्रहार गरेका छन् । प्रहरीले पनि लाठीचार्ज गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै