Comments Add Comment

रविले उदाहरण दिएका महाभारतका पात्र अभिमन्यु,यस्तो छ इतिहास

नेपाली राजनीतिमा धर्मशास्त्रका विभिन्न पात्रहरू चर्चामा आइरहन्छन् ।केही समय अघि केपि शर्मा ओलिले संसद विघटन गरेपछि `भष्मासुर´ शब्द चर्चामा आएको थियो।

आज राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले `अभिमन्यु´शब्दको उदाहरण दिंदै आफु अभिमन्यु नबन्ने बताएका छन् ।

आजको पुस्ता धर्मशास्त्र अध्यन गर्ने कम गर्दछन् ।महाभारतको कथामा एक पात्र छन् `अभिमन्यु´।उनी पिता अर्जुन र माता सुभद्राका छोरा हुन् ।महभारतको युद्ध भैरहेको बेलामा युद्धको १३ औं दिनमा अभिमन्युलाई चक्रब्युहमा पारेर उनकै आदरणीय अग्रजहरुले ह!त्या गरेको घटना छ।महाभारत युद्ध आफैंमा महत्त्वपूर्ण सन्देश बोकेको ग्रन्थ हो ।त्यहाँ ब्युहहरुको महत्त्वपूर्ण स्थान छ।त्यसमध्ये चक्रब्युह गुरु द्रोणाचार्यले बनाएको चक्र हो।महाभारत कथाभरिमा हामी ४० वटा ब्युहहरु पाउन सकिन्छ।
चक्रब्युहमा गज्जबको एउटा सरंचना हामी पाउन सक्छौ ।त्यो सरंचना सैनिक संचना हो जसमा शक्तिशाली हरु पछिल्लो र बिचको घेरामा बस्थे भने ठिकै मात्रामा मानिएका सैनिकहरु अघिल्लो घेरामा बस्थे। । अभिमन्युले चक्रब्यहको कथा उनी आमाको गर्भमा हुँदानै सुनेका थिए । अर्जुनले पत्नी सुभद्रालाई युद्धमा चक्रब्युहमा पसेर निस्कने कथा सुनाउँदा सुनाउँदै उनी निधाएकीले अभिमन्युलाई कसरी पस्ने र युद्ध गर्ने थाहा भएपनि कसरी निस्कने थाहा थिएन । उनी एक्लै भएको बेला चक्रब्युहमा पारियो, एक्लो अभिमन्युसंग सात जना नामी सारथीहरु लडे, जुन युद्धको नियम बिपरित थियो । महाभारतमा बुँदागत रुपमा युद्धका नियमहरु बनाइएका थिए, सूर्य उदाउनु अघि र अस्ताउनुपछि युद्ध गर्न पाइदैन थियो । त्यस्तै एक्लो योद्धासंग एकभन्दा बढिले लड्न नपाउने नियम पनि थियो ।
अभिमन्युलाई यसरी मार्नुको परिणाम कौरब पक्षका योद्धाहरुले पनि करिब करिब त्यसैगरी भोगे । कर्णलाई बाण चलाउन लाग्दा अर्जुन रोकिए, किन रोकिएको? भन्ने श्रीकृष्णको प्रश्नमा अर्जुनले भनें कर्ण अहिले रथको खुट्टानिर छन, उनको रथको खुट्टा भाँचिएको छ । म रथमा छु, रथ बाहिर भएको योद्धासंग लड्नु युद्धको नियम बिपरित हो । अर्जुनको भनाईमा श्रीकृष्णको जबाफ थियो, के अभिमन्युलाई मार्ने बेलामा यीनीहरुले युद्धको नियम पालना गरेका थिए? त्यसपछि अर्जुनले कर्ण र अन्य धेरै माथि बाण चलाए।पाप र धर्मको युद्ध महाभारत पाण्डवहरुको जित भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै