Comments Add Comment

रविलाई न्याय दे भन्दै जुम्लामा एक युवकले गरे आ!त्मदाहको प्रयास

१९ माघ, जुम्ला । रवि लामिछानेलाई न्याय दिनुपर्ने भन्दै जुम्लामा एक युवकले आ!त्मदाहको प्रयास गरेका छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ड्राइभरको रुपमा कार्यरत ४० वर्षीय गोकर्ण कार्कीले आफ्नै शरीरमा आगो लगाउने प्रयास गरेका हुन् ।

मेडिकल कलेजको गेट अगाडि आ!त्मदाहको प्रयास गरेका उनलाई प्रहरीले उद्धार गरेको छ ।

प्रहरी निरीक्षक यामबहादुर बुढामगर भन्छन्, ‘ कुनै दुर्घटना हुन पाएन, थप प्रहरी अनुसन्धानबाट खुल्ला।’

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेविरुद्धको उजुरी प्रहरीले लिएको छैन्।

गत शुक्रबार सर्वोच्चले लामिछाले नेपाली नागरिकता पुन: प्राप्त नगरेको भन्दै उनको सांसद् पद खारेज गरेको थियो।

सर्वोच्चमा पद खारेजी गराउन मुद्धा दायर गर्ने युवराज पौडेल ‘सफल’ फेरि लामिछानेले नागरिकता खारेजी रहँदा राहदानी बनाइ प्रयोग गरेको भन्दै कार्वाही गर्न काठमाडौं प्रहरी परिसरमा उजुरी गर्न पुगेका थिए।

तर उनको उजुरी अदालतको पूर्ण पाठ नआएको भन्दै प्रहरी दर्ता गर्न मानेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै