Comments Add Comment

रास्वपा चितवनका सभापति सापकोटाले दिए राजीनामा ,रविलाई धक्का

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी चितवन जिल्ला सभापति धर्मेन्द्र सापकोटाले पार्टी पारित्याग गरेका छन् ।

पार्टीभित्र केही व्यक्तिको मनोमानी चलेको राणा शासन जस्तो गरी पार्टीलाई अघि बढाउन खोजेको भन्दै उनले असन्तुष्टि पोख्दै पार्टी पारित्याग गरेका हुन् ।

सापकोटाले पार्टीभित्र बोल्ने अधिकार पनि नदिने गरिएको उनले बताए ।

आम जनताको अभिमतलाई बेवास्ता गरेर पार्टी चलाउन खोजिएकाले आफूले राजीनामा दिएको उनले बताए । अब आफू स्वतन्त्र रहने समेत उनले बताएका छन् । यसैगरी पार्टी गैरजिम्मेवार बन्दै गैरहेको उनको ठम्याइ छ।

जनताको आशालाई लत्ताएर सत्ताको लागि पछि लागेको र बैकल्पिक शक्तिको रुपमा उदाउन सक्ने पार्टी पुराना पार्टीकै अबस्थामा पुग्न लागेको उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै