Comments Add Comment

किन गर्‍यो बेलायतले यो वर्ष नेपाली सिजनल कामदार नलैजाने निर्णय ?

एजेन्सी, १७ माघ । बेलायतमा यो वर्ष नेपाली सिजनल कामदार जान नपाउने भएका छन् ।

बेलायतमा नेपाली कामदार लैजान स्वीकृति पाएका ५ कम्पनी एजी रिक्रुमेन्ट, कन्कर्डिया लिमिटेड, फ्रुटफुल जब्स, होप्स लेबर र प्रो फोर्सले यसपालि नेपाली कामदार नलैजाने बताएका हुन् । बेलायती पत्रिका फिनान्सियल टाइम्सका अनुसार नेपाली कामदार लैजाँदा उनीहरुलाई अवैध शुल्क लगाइने भएकाले लागत अत्यधिक हुने र उनीहरुलाई खासै फाइदा नहुने भएकाले ती कामदार लैजान बन्द गरिने भएको हो ।

बेलायतमा सिजनल भिसामा जान कुनै लागत नलाग्ने भए पनि नेपालमा बिचौलियाहरुले अघिल्ला वर्षहरुमा म्यानपावर शैलीमा पैसा लिएर कामदार बेलायत पठाइरहेका थिए । यसरी उच्च लागतमा कामदार जाँदा उनीहरुलाई कमाएको पैसाले ऋण तिर्न तथा खानबस्न अप्ठ्यारो पर्ने गरेको जनाइएको छ ।

बेलायतमा २०२२ मा मात्र दुई हजार ४ सय ७२ नेपाली सिजनल कामदारका रुपमा बेलायत पुगेका थिए । यो संख्या बेलायत पुग्ने सिजनल कामदारमध्ये १० भागको करिब एक भाग रहेको थियो । बेलायतमा कृषिमा काम गर्ने श्रमिकको अभाव भएपछि अघिल्लो वर्ष दशौँ लाख पाउण्ड कृषि उपज कुहिन खेतमै छाडिएको थियो ।

बेलायतमा अहिले पनि कृषि कामदारको अत्यधिक माग रहेको छ । त्यसैले सरोकारवाला निकायहरुले भने हतारमा यस्तो निर्णय नगर्न आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै