Comments Add Comment

बिहान उठ्नेवित्तिकै के-के गर्नु हुँदैन ?यस्तो छ जान्नैपर्ने कुरा

सामान्‍यतया मानिसहरु आफ्नो दैनिकी अनदेखा गरिरहेका हुन्छन् जसले उसको जीवन शैली नै खतरामा पर्न जान्छ। हामी हरेक दिन निदाउँछौं। बिछ्यौनामा पल्टिन्छौ र बिहानी पख उठ्छौँ।विशेषत: विहान जब तपाइको आँखा खुल्छ, तब के गर्नु हुन्छ त ? प्रत्‍येक बिहान उठ्दा भुलेर पनि यी काम नगर्न एस्ट्रोलोजर प्रेम शर्मा सुझाव दिन्छन्।

के नगर्ने, गर्ने के ?
१. बिहान ढिलासम्‍म नसुत्नुस्। ब्रम्हमू्र्तको समयमा उठ्नुस्। सूर्य उदाउनु अगाडि उठ्नु अत्याधिक राम्रो हुन्छ।

२.बिहान उठ्ने बित्तिकै बादविवाद गर्ने काम नगर्नुस्। मोबाइलबाट कुरा नगर्नुस्। त्‍यही अनुसार तपाईँको दिनको सुरुवात हुन्छ।

३.बिहान बिहान कसैमाथि रिस नदेखाउनुस्। कसैले काम बिगारेको छ भने नम्र भएर/सकारात्मक भएर सम्झाउने गर्नुस्।अपशब्द बोल्दै नबोल्नुस्।

४. बिहान बिछ्यौनामै पल्टेर टीभी हेर्ने बानी छ। अझ आजकाल त मोबाइल हेर्ने बानी चलेको छ। एउटा आँखालाई पनि घाटा छ भने बिहानै सामाजिक सञ्‍जाल वा च्‍यानलहरुले नेगेटिभ प्रभावहरु पारिरहेको हुन्छ। हत्‍या,हिंसा, बलात्कार वा अन्‍य जघन्‍य अपराधका समाचारले दिनको खराब सुरुवात हुन जान्छ। मोबाइल र टेलिभिजनमा बिहानै खराब सन्देश र समाचार नसुन्‍नुस्।

५. बिहान उठ्ने बित्तिकै ऐना नहेर्नु होला। धेरैको प्राय यही बानी छ। यसले तपाइको शरीरमा धेरै मात्रामा नेगेटिभ ऊर्जा, रोगको सम्भावना र भयको सम्भावना बढी शरीरमा उत्पन्‍न गराउँछ। बरु अफिस जाने समयमा वा फ्रेस भएर ऐना हेर्दा उपर्युक्त हुन्छ।

६. बिहान उठ्ने बित्तिकै घरको छत, बार्दलीमा गएर आफ्नो कमलो छाया वा अरु व्‍यक्तिको पनि हेर्दै नहेर्नुस्। छायाँ हेर्नाले पनि ऊर्जा नेगेटिभ बनाइदिन्छ तपाइको शरीरमा।

७.जनावरहरुको तस्बिर/फोटो रुममा राख्नु भएको छ भने कृपया हेरेर बस्ने काम नगर्नुस्। शास्त्रीय ढंगले जनावरहरुको तस्बिर हेर्न उचित मानिएको छैन बिहान बिहान।

८. दूध हालेको चिया खाँदै नखानुस्। यसले ग्‍यास्ट्रिक, ग्यास्ट्रिकले अल्सर अलसरले क्‍यान्सर हुन सक्छ। आजकाल त अझ बेड टी अर्थात ओछ्याउनमै चिया खाने धेरैको बानी हुन्छ। यो काम बन्द गर्नुस्। बरु बिहान मनतातो पानी खानुस्।

९. मसलेदार खाना नखानुस्। खैनी चुरोट र चिया खाँदै हुनुहुन्छ भने यी कामहरु प्रयोगमा ल्‍याउँदै नल्याउनुस्। तपाइ जे खानुहुन्छ, त्‍यस्तै बन्दै जानुहुन्छ।

१०.बिहान कालो चिया पिउनुस् वा तुलसीको पातको चिया। चिया चिनीको सट्टामा सख्खर प्रयोग गर्नुस्। नभए नगर्दा नि उत्तम हुन्छ।

हत्तपत्त उठेर काममा लाग्नु स्वास्थ्यका लागि त्यति उचित मानिदैन। स्वाथ रहन दिनको आरम्भ बिस्तारै/बिस्तारै शान्तपूर्वक गर्नुपर्छ । आँखा खुलेपछि थोरै समय ओछ्यानमै आरम गर्नुपर्छ । केहिछिन पछि दाँयातर्फ फर्केर उठ्नुपर्छ । यसरी उठ्दा सुत्ने अवस्थामा शिथिल रहेको उर्जा शरीरमा राम्ररी संचार हुनपुग्छ । यसले शरीरमा उर्जाको संचारलाई सन्तुलित गर्छ । आरमसाथ उठेर लामो एवं गहिरो सास लिने, मनतातो पानी पिउने ।

सुतेको समयमा हाम्रो शरीरको मांशपेसी, खासगरी मेरुदण्डको हड्डी कठोर भएको हुन्छ, जसलाई सामन्य अवस्थामा फर्काउनका लागि शरीरलाई स्ट्रेच गर्नुपर्छ । तीनचार पटक शरीर स्ट्रेच गर्ने र बाँया फैलिएर सकारात्मक उर्जालाई स्वंम महसुष गर्ने । यसले दिनभर शरीर चुस्त र फूर्तिलो बन्छ ।
कतिपय मानिसहरु बिहान उठेर उठ्नसाथ मलमुत्र त्याग गर्न अल्छी गरिरहेका हुन्छन। शौचालय जान अल्छी मान्छन् वा जाने अभ्यास गर्दैनन् । तर, बिहान उठेर मनतातो पानी पिइसकेपछि मलमुत्र त्याग गर्नुपर्छ। किनभने यसो नगर्दा शरीरमा बिकार फैलन्छ । त्यसैले बिहान उठेपछि आरमपूर्वक मलमुत्र त्याग गर्नैपर्छ।

बिहान उठ्नासाथ मोबाइल चेक गर्नुहुन्दैन। बिहान निन्द्रा खुल्नसाथ धेरै मानिसले मोबाइल खोज्छन् । आँखा माड्दै फोनमा इमेल, म्यासेज चेक गर्न थाल्छ । यसले तपाईलाई उठ्नुअघि नै तनाव पैदा गरिदिन्छ । त्यसैले उठ्नसाथ मोबाइल चेक गर्नु हुँदैन । बिहान उठेपछि व्यायम गर्न जरुरि छ। यसो गर्दा शरीर हल्का हुन्छ। शारीरिक काम गर्नु र व्यायम गर्नुमा फरक छ । काम गर्दा शरीरको एक भागलाई मात्र असर परिरहेको हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै