Comments Add Comment

कृष्णले शरीरमा आ!गो लगाएपछि बचाउन जाँदा घाइते भएकी संगीताको नि!धन

पोखरा । पोखरामा आगोमा जलेकालाई बचाउँदा घाइते भएकी महिलाको नि!धन भएको छ । पोखरा-१३ काहूँखोलामा आइतबार डेरावाल युवकलाई बचाउने क्रममा घाइते भएकी ४० वर्षीया संगीता सापकोटाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आज निध!न भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पोखराका अनुसार सापकोटाको घरमा स्टेशनरी सञ्चालन गर्दै आएका ४३ वर्षीय कृष्णबहादुर क्षत्रीले आइतबार बाथरूममा आ! त्मदा हको प्रयास गरेपछि तत्कालै बचाउन गएकी सापकोटालाई पनि तत्कालै उपचारका लागि स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो ।

प्रतिष्ठानका निर्देशक डा भरतबहादुर खत्रीले सापकोटालाई भेन्टिलेटरमा राखेर उपचार गरिएकोमा आज बिहान ११ बजे मृत्यु भएको हो । उनीहरु दुवै जनालाई छिमेकीले उद्धार गरी अस्पताल लगेका थिए । उपचाररत कृष्णबहादुरको हात, खुट्टा र अनुहार ज!लेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै