Comments Add Comment

ओलि रविलाई गृहमा ल्याउने तयारीमा,माओवादी आफैंले राख्ने अडानमा

काठमाडौं १४ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच नयाँगृहमन्त्री कसलाई बनाउने भन्ने बारेमा छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्ड र ओलीबिच भएको भेटमा पछिल्लो राजनीतिक घटनाक्रमबारे कुराकानी हुने भएको छ ।
स्रोतका अनुसार प्रचण्ड र ओलीबीच रवि लामिछानेलाई पुनः गृहमन्त्री बनाउने कि नबनाउने विषयमा समेत छलफल भएको छ ।
नागरकिता विवादमा सर्वोच्च अदालतले शुक्रबार लामिछानेको मन्त्री र सांसद पद बदर गरिदिएको थियो।प्रधानमन्त्री ‘प्रचण्ड’ गृहमन्त्री आफ्नै पार्टीबाट बनाउने पक्षमा देखिएका छन्।
यसअघि गृहमन्त्री भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पद नागरिकताका कारण गुमेपछि प्रधानमन्त्री प्रचण्ड माओवादीबाटै गृहमन्त्री बनाउने पक्षमा देखिएका हुन्। अहिले गृह मन्त्रालय प्रधानमन्त्री प्रचण्डले आफैंसँग राखेका छन्।
‘आफ्नो पार्टीसँग शक्तिशाली मन्त्रालय नभएको अवस्थामा गृह मन्त्रालय माओवादीले नै राख्ने पक्षमा प्रधानमन्त्री हुनुहुन्छ। यस विषयमा प्रचण्डले सत्तारूढ घटक मध्येको एमाले अध्यक्षसँग छलफल गरेका छन् ।

प्रचण्डले पार्टीको स्थायी कमिटी बैठकमा पनि मन्त्रालयका सवालमा असन्तुष्टि व्यक्त गरेका थिए।
‘मन्त्रालय बाँडफाँटको सवालमा भएको सहमति पनि पालना भएको छैन। माओवादीले संख्या र शक्तिका हिसाबले पनि कम मन्त्रालय पाएको छ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै एक सदस्यले भने।
सरकारको स्थायित्वका लागि रास्वपा जरूरी रहेको भन्दै त्यस पार्टीका सभापति लामिछानेलाई उपप्रधानसहित गृहमन्त्री दिने सहमति भएको थियो। संसदमा रास्वपाको १९ सिट रहेको छ।
लामिछानेले आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता लिइसकेका छन्।
लामिछानेलाई पुनः गृहमन्त्री बनाउन प्रधानमन्त्री प्रचण्ड इच्छुक छैनन्। माओवादी नेताहरूले गृह मन्त्रालय आफैंसँग राख्नुपर्ने तर्क गरेका छन्।

तर नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलि भने रवि लामिछानेलाई गृहमन्त्री बनाउनुपर्ने बताएका छन् ।प्रचण्डसंगको बार्गेनिङ पोइन्टको लागि पनि ओलि रविलाइ गृहमन्त्री बनाउन चाहान्छन।नेपाली काङ्ग्रेसलाई समेत सरकारमा लगेर राष्टपति बनाउने अबस्थामा पुगेपछि ओलि बिच्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै