Comments Add Comment

रास्वपाको सभापतिमा रवि लामिछाने चयन, गृह नपाए सरकारबाट बाहिरिने तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठकले सभापतिमा रवि लामिछानेलाई पुनः चयन गरेको छ ।

सो पार्टीका एक नेताले दिएको जानकारीअनुसार लामिछानेलाई सभापतिमा पुनः चयन गरेको हो । रास्वपाका एक नेताले दिएको जानकारीअनुसार लामिछानेलाई फेरि गृह मन्त्रीकै रुपमा पठाउने तयारी छ ।

गृह मन्त्रालय नपाए आफूहरु सरकारबाट बाहिरिने तयारीमा रहेको रास्वपाका एक नेताले बताए ।

“गृह मन्त्रालय नपाए हामी सरकारबाट बाहिरिन्छौं,” ती नेताले भने, “गृह मन्त्रालय हाम्रो बटमलाइन हो । त्यसमा तलमाथि हुँदैन ।”

यसैबीच रवि लामिछानेका दाजु हरिशरण लामिछानेले सामाजिक संजाल फेसबुकमा एक पोस्ट सेयर गर्दै समय बलवान भएको बतएका छन् ।उनले लेखेका छन् ` आज “हामी यहाँ छौ”, तर भोलि कहाँ पुग्छौ त्यो समयले परख गर्ने छ। एउटा ढोका बन्द हुदा हजार ढोकाहरु आफै खुल्नेछन। देश बिदेशका शुभचिन्तक साथिहरु, धैर्य राखौ, शान्त बसौ, सकारात्मक र आशाबादी बनौ। (फोटो: दिपक बोहोरा)
(फोटो पोस्ट नगर्ने सल्लाह थियो तर मन मानेन)
#BeStrongRabi
#परिवर्तनसम्भबछ´

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै