Comments Add Comment

खुकुरीको फेदमा किन राखिन्छ यस्तो चिन्ह ?जान्नुहोस वैज्ञानिक कारण

खुकुरीको फेदमा एकप्रकारको चिन्ह हुने गर्दछ।तर हामी सबैलाई खुकुरीमा किन त्यस्तो प्रकारले डिजाइन गरिन्छ भन्ने कौतुहलता रहेको हुनसक्छ।आज हामी तपाईंहरुको त्यो कौतुहलता मेटाउनेछौ।

यस बिषयमा हिन्दु धर्ममा त्यसलाई ॐ (ओमकार )को रुपमा लिने गरिन्छ।यसैगरी त्यसलाई गाईको खुरको रुपमा पनि मान्ने गरिन्छ।

तर यसको बैज्ञानिक कारण भने अर्कै रहेको छ।ठुलाठुला यु’द्धमा खुकुरीको प्रयोग गरिन्थ्यो ।त्यस यु’द्धमा खुकुरीको धारमा र,गत नै र,गत लाग्ने गर्दथ्यो।त्यो र’गत बग्दै समात्ने बिड सम्म आएर खुकुरी चलाउन गार्हो हुने वा चिप्लिने नहोस् भनेर नै बिड भन्दा माथि र धार भन्दा तल यस किसिमको डिजाइन गरिएको हो।


व्यक्तिगत प्यान नम्बर लिनुभएको छ?यस्तो छ यसको काम

नेपाल सरकारले आर्थिक वर्ष २०७६/७७ को बजेटमार्फत ‘एक व्यक्ति एक स्थायी लेखा नम्बर’को नीति लिएसँगै व्यक्तिगत स्थायी लेखा नम्बर (Personal-PAN) लिने क्रम निकै बढेको छ ।

सरकारले १ हजार रुपैयाँभन्दा बढी रकमको भुक्तानी बैंकमार्फत गर्नुपर्ने र रोजगारीबाट पारिश्रमिक लिने व्यक्तिले अनिवार्यरुपमा प्यान लिनुपर्ने नीति लिएको छ । यससँगै बजारमा प्यान कार्ड लिनेबारेमा अनेक किसिमका जिज्ञासा र अफवाह चलेको पाइन्छ ।

व्यक्तिगत प्यान कार्ड लिएपछि के हुन्छ? यो करदाताले सबैभन्दा बढी सोध्ने प्रश्न हो । स्थायी लेखा नम्बर लिएपछि के फाईदा वा बेफाईदा हुन्छ? भन्ने ढंगले आउने प्रश्नहरुको जवाफ खोजौं ।

व्यक्तिगत प्यान लिएपछि कुनै विशेष सुविधा वा सहुलियत पाइँदैन । उसोभए प्यान लिनु र नलिनुमा के फरक छ? उदाहरणको लागि यदि एक व्यक्तिले वर्षौंदेखि आयकर, सामाजिक सुरक्षा कर नियमित रुपमा तिरिरहेको छ । तर, उसले व्यक्तिगत स्थायी लेखा नम्बर लिएको छैन भने उक्त व्यक्तिको तर्फबाट तिरेको कर एकमुष्ठरुपमा कार्यालयको तर्फबाट कर दाखिला हुन्छ । व्यक्तिगतरुपमा भुक्तानी भएको देखिँदैन ।

कुनै काम विशेषका लागि कर तिरेको प्रमाण चाहिएको खण्डमा सम्बन्धित रोजगारदाता वा कार्यालयले व्यक्तिको तर्फबाट भुक्तानी भएको करको प्रमाणसहित कर कार्यालयलाई पत्राचार गरेपछि कर कार्यालयले विवरण भिडाउँछ । अनिमात्रै व्यक्तिले कर दाखिला गरेको पत्र कर कार्यालयले दिन्छ ।

व्यक्तिगत स्थायी लेखा नम्बर उपलब्ध भएमा करकट्टी रकम सोझै व्यक्तिको नम्बरमा दाखिला गर्न सकिन्छ । र, भविष्यमा कर तिरेको प्रमाण लिनुपर्दा त्यही नम्बरको आधारमा विवरण खोज्न सकिन्छ । व्यक्तिगत स्थायी लेखा नम्बर नहुँदा आफुले तिरेको करको विवरण समेत सहजै फेला पार्न सकिँदैन । तर, स्थायी लेखा नम्बर लिएको खण्डमा करको विवरण सहजै उपलब्ध हुन्छ ।

व्यक्तिगत स्थायी लेखा नम्बर लिएपछि करको भार बढ्ने वा घट्ने हुँदैन । बरु यसले कर दाखिला गरेको विवरणलाई एकीकृत र व्यवस्थित गर्न सघाउँछ । तपाईंले तिरेको कर बेवारिसे हालतमा छोड्ने कि सप्रमाण कम्प्युटर सिस्टममा व्यवस्थित गर्ने? व्यक्तिगत स्थायी लेखा नम्बर लिने विषय यही प्रश्नसँग सम्बन्धित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै