Comments Add Comment

शनिबार दुई ठाउँमा विमान दुर्घटना, तीन जनाको मृत्यु

काठमाडौं– शनिबार बिहान भएका दुईवटा विमान दुर्घटनामा परि भारतमा तीन जनाको मृत्यु भएको छ। ग्वालियरबाट एकैसाथ उडान भरेका भारतीय वायु सेनाका फाइटर जेट एक आपसमा ठोक्किएका थिए।

शनिबार बिहान सुखोई–३० र मिराज २००० विमान आपसमा ठोक्किएर दुर्घटनामा परेका हुन्। उक्त दुर्घटनामा २ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

मध्य प्रदेशको मोरेनामा वायुसेनाको सुखोई–३० एमकेआई र मिराज–२००० विमान दुर्घटनाग्रस्त भएको रक्षा स्रोतले जानकारी दिएको छ। दुवै विमान ग्वालियर एयरबेसबाट उडेका थिए। घटनास्थलमा वायुसेनाका अधिकारी र जिल्ला प्रशासन कार्यालय पुगेका छन्।

घटनाको जानकारी पाएलगत्तै प्रहरी र सेनाका अधिकारी घटनास्थलमा पुगेका थिए। घटनास्थलमा गाउँलेहरूको भीड जम्मा भएको जनाइएको छ। यस्तै शनिबार नै भारतमा एक अर्को चार्टर्ड विमान पनि दुर्घटनामा परेको छ। उक्त दुर्घटनामा एक जनाको मृ!त्यु भएको बताइएको छ।

आगराबाट उडान भरेको चार्टर्ड विमान राजस्थानमा दुर्घटनाग्रस्त भएको बताइएको छ। अहिलेसम्म उक्त दुर्घटनामा एक जनाको मृ!त्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै