Comments Add Comment

बिराटनगरका अर्का ब्यवसायीले सु!साइड नोट लेख्दै गरे आत्मह!त्या (यस्तो छ सुसा!इडनोट)

देशमा नै केही गरौं भन्ने ब्यवसायी राज्यको निति ,दलाल तन्त्रको चंगुलमा पर्दै आत्मह!त्या गर्न बाध्य बनिरहेका छन् ।बैंक बाट ब्याज लिदा सस्तोमा लिएपनि लिएको केही महिनामा नै ब्याजदरले आकाश छुने अबस्थाको सिर्जना गरिएको छ।

यसैबीच बिराटनगरमा एक ब्यवसायीले पनि आत्मह!त्याको बाटो रोजेका छन् । बिराटनगर मनपा ३ का मोहन न्यौपानेले घरमा नै आत्मह!त्या गरेका हुन् ।उनको उमेर ५७ बर्षको थियो।

उनी शिखर इलेक्ट्रोनिक पसल संचालन गर्दै आइरहेका थिए।

‍‍
माेरङ इलेक्ट्रिक संघका पूर्व अध्यक्ष समेत रहेका न्यौपानेले लेखेर छाडेको तीन पन्नाको सुसा!इड नाेट भेटिएको छ। जसमा उनले बुबाआमासहित परिवारलाई सम्बोधन गर्दै बैंक र ऋणका कारण आफूले मृ!त्युवरण गर्नु परेको उल्लेख छ।

सुसा!इड नाेटअनुसार न्याैपानेले व्यवसायका लागि सांग्रिला बैंकबाट १ करोड ४५ लाख ऋण लिएका थिए। बैंकको किस्ता ५ लाख गरी १ करोड ५० लाखको आर्थिक भार रहेको सुसाइड नाेटमा उल्लेख छ।

त्यसैगरी, अर्को एक सहकारीमा १० लाख ऋण रहेकाे छ।

शिखर इलेक्ट्रिक बुबाको नाममा रहेकाे छ। न्याैपानेले नाेटमार्फत् बैंकले रोक्का गर्न सक्ने आशंका गर्दै बुवाको नामको मुद्धति खातामा रहेको रकम निकालेर अन्यत्र राख्न सुझाव दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै