Comments Add Comment

महन्थ ठाकुरलाई काङ्ग्रेसले राष्ट्रपतिमा अघि सार्दै,माओवादी को पनि समर्थन ?

काठमाडौं, २४ पुष । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएर राष्ट्रिय राजनीतिलाई नयाँ तवरले अघि बढाउन खोजेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो कोर टिमसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर राष्ट्रिय राजनीतिमा आफ्नो दलको भूमिका स्थापित गराउनेबारे छलफल गरेका छन् ।

सो छलफलमा प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएर राष्ट्रपतिमा सबैको साझा व्यक्तिलाई अघि सार्नुपर्ने कुरा उठेको छ ।यस बिषयमा माओवादी संग आन्तरिक सहमति भैसकेको र यसैको परिणामस्वरूप राष्ट्रपति नेपाली काङ्ग्रेस बाट नै हुने भन्दै हिजो मात्र प्रबक्ता बिश्वप्रकाश शर्माले बताइसकेका छन् ।

कांग्रेसले एमालेलाई राष्ट्रपति दिन नहुने निश्कर्ष निकालेको छ। विगतमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि सहकार्य गरेकोले लोसपाका अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रपतिमा अघि सार्ने कांग्रेसको तयारी छ ।

उनले पनि राष्ट्रपतिमा साझा व्यक्ति ठाकुरलाई अघि सार्ने सोच बनाएका छन् । माओवादीले नै विश्वासको मत दिन प्रस्ताव गरेको र सहकार्यको सम्भावना जिवित राख्न सुझाएको कारण देउवा सकारात्मक छन् ।यता माओवादीका प्रभावशाली नेताहरू नै पनि काङ्ग्रेसलाई राष्ट्रपति दिएर प्रचण्डले ०५ बर्ष नै प्रधानमन्त्री बन्न सक्ने सम्भावना पनि रहेको बताउदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै