Comments Add Comment

जिपिएसमा समस्या देखिएपछि निगमको विमान कोलकाता डाइभर्ट

काठमाडौँ — मलेसियाबाट आउँदै गरेको नेपाल वायुसेवा निगमको न्यारोबडी जिपिएसमा समस्या देखिएका कारण सिमराबाट भारतको कोलकाता डाइभर्ट भएको खुलेको छ । न्यूनतम ११ सय मिटर भिजिविलिटीमा अवतरण गर्न सकिने भएपनि उक्त समस्या भएपछि विमान कोलकाता डाइभर्ट गरिएको हो ।

निगमका एक पाइलटका अनुसार मलेसियाबाट फर्कने क्रममा उक्त न्यारोबडीमा उपलब्ध दुई जिपिएसमध्ये एक जिपिएसले काम गरेको थिएन ।

‘एउटा जिपिएस फेल्युर भएका कारण आरएनपी–एआर एप्रोच नगरी डाइभर्ट कोलकाता डाइभर्ट गरिएको हो,’ ती पाइलटले भने ।

शुक्रबार बिहान काठमाडौं विमानस्थलको भिजिविलिटी १६ सय मिटरमा झरेको थियो । यस्तो अवस्थामा निगमको विमान ११ सय मिटर भिजिविलिटी सम्ममा अवतरण गर्न सकिने ननप्रिसिजिन अप्रोच प्रणालीमा आधारित आरएनपी–एआर एप्रोच विधि अपनाएर अवतरण हुन सक्थ्यो । तर चालकदलले आरएनपी–एआर एप्रोच प्रणालीमा अवतरण गर्न नसक्ने बताउँदै डाइभर्ट गरेका थिए ।

काठमाडौंबाट बिहीबार राति १० बजे मलेसियाको राजधानी क्वालालमपुरका लागि उडेको निगमको विमानमा दुई सेट (चार जना) पाइलट थिए । तीमध्ये तीन जना आरएनपी–एआर प्रणाली सर्टिफाइड थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै